|फेवाताल - फाइल तस्बिर
दीननाथ बराल, पोखरा न्यूज- ११, मंसिर । १३ औँ दक्षिण एशियाली खेलकुद (साग) मा सहभागि खेलाडीहरुलाई पोखराका पर्यटकीय गन्तव्यमा जान तथा आउनको लागि निःशुल्क रुपमा यातायातको व्यवस्था हुने भएको छ ।
पोखरामा आउने साग लक्षित खेलाडीहरुलाई आफुहरुले निःशुल्क रुपमा पोखराका पर्यटकीय गन्तव्यहरुमा यातायातको व्यवस्थासहित घुमघाम समेत गराउने लक्ष्य राखेको १३ औं साग पोखरा आवास व्यवस्थापन समितिका संयोजक सुर्य बहादुर भुजेलले बताए ।
पोखरा क्षेत्रका पर्यटकीय स्थलमा जानको लागि हरेक बिहान जसो पर्यटक स्तरिय गाडीको आफुहरुले प्रबन्ध गर्ने भएको उनले जनाए । उनका अनुसार पोखराका धेरै ठाउँमा सागमा सहभागिहरुलाई खेलसंगै थप मनोरन्जन दिलाउन विभिन्न ठाउँमा झाँकी सहितको सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिने भएको छ । पोखरा सहित गण्डकी प्रदेशका पर्यटकीय गन्तव्यहरुको प्रचार सामाग्रि एवं डकुमेन्ट्रि समेतप प्रर्दशनी हुने संयोजक भुजेलले बताए ।
साग लक्षित पोखरामा पर्यटक स्तरिय ४५ वटा होटलहरु बुकिङ भएको संयोजक भुजेलले बताए । उनका अनुसार केही दिनमा थप १० देखि १५ वटा होटल पुनः थपिने छन्। साग लक्षित खेलाडी, अफिसियल सहित गर्दा करिब एक हजार जना भन्दा बढीलाई आवासिय सहितको व्यवस्था मिलाएको संयोजक भुजेलले बताए ।
उनले भने “ हाम्रो आफ्नो ठाउँमा हुने यो ठुलो खेलकुदको इभेण्टलाई सबै मिलेर सफल पारौं, खेल पर्यटन प्रवर्द्धन गर्न यसले सहयोग पुग्छ, सागमा सहभागि खेलाडी एवं अफिसियललाई हामीले पहिलो प्रथामिकता दिएर उनीहरुलाई चुस्त दुरुस्त सेवा दिन आव्हान गर्न चहान्छु । ”
धेरै पर्यटन व्यवसायीहरुले प्रचलित दर रेट भन्दा ५० प्रतिशतसम्म छुट दिएको संयोजक भुजेलले बताए । उनका अनुसार साग लक्षित पोखरामा करिब दुई साता ५ हजार जसो पर्यटक दैनिक पोखरा भ्रमणमा निस्कने विश्वास व्यक्त गरे ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution