ट्विटरले ६ महिना देखि निष्क्रिय रहेका एकाउण्ट बन्द गर्ने

पोखरा न्यूज- १२, मंसिर । ट्विटरले आउँदो डिसेम्बर ११ पछि गत ६ महिना देखि निष्क्रिय रहेका एकाउण्ट बन्द गर्न थाल्ने भएको छ । एकाउण्ट बन्द गर्न भन्दा पहिले ट्विटरले चेतावनी मेल भने पठाउनेछ ।

एकाउण्टहरु बन्द गरिएसँगै ट्विटरले पुराना युजरनेमहरु फेरि दर्ताका लागि उपलब्ध गराइने पनि बताएको छ । ट्विटरका प्रवक्ताका अनुसार एकाउण्ट बन्द गर्ने प्रकृया एकै दिनमा नभई महिनौं सम्म लाग्नेछ जसले गर्दा युजरनेमहरु ठ्याक्कै कहिले उपलब्ध गराउन सकिन्छ भन्ने बारे भने केही बताउन नसक्ने बताए । एकाउण्टहरु पुनः सुचारु गर्न लग इन मात्र गरे पुग्ने पनि ट्विटरले उल्लेख गरेको छ ।

ट्विटरले पाँच अक्षरभन्दा छोटा युजरनेम भने उपलब्ध नगराउने बताएको छ । यस अघि याहुले पनि सन् २०१३ मा एकाउण्ट रिसाइक्लिङ गरेको थियो जतिबेला कैयौंले अरुका पुराना मेल पाउने आशामा पुराना एकाउण्टहरु बुक गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button