आर्ट हब खोल्ने अनुपको योजना

आर.आर. पौडेल, पोखरा न्यूज- १३, मंसिर । नेपाली रंगमञ्च र चलचित्रमा स्थापित अनुप बरालले २०५२, २०५३ सालमा चलचित्र अंशवण्डा बाट चलचित्रमा अभिनय शुरु गरे । भारतको नेसनल स्कुल अफ ड्रामामा पढ्दै गर्दा उनले यो चलचित्रमा अभिनय गरेका हुन् । तर यो चलचित्रमा अभिनय गरेकोमा उनलाई पश्चाताप छ । ‘एनएसडी पढ्दै थिए, बिचमा छुट्टिमा आउँदा गरेको हुँ । यो चाहि मैले गलत फिल्म च्वाइस गरको थिए’ उनले भने ।

त्यो बेलाको माहोल मलाई मन नपरेको हो । त्यतिबेला फिल्मको जुन संस्कार थियो । एउटा सुत्रबद्ध फिल्म मात्र हुने, कलाकार पनि आफ्नो रोलमा भन्दा पनि बढी अरु कुरामा इन्केज हुने । त्यसमा मेरो चित्त बुझेन । जुन किसमको ट्रेनिङ लिएर आएको थियो त्यो अुनुसार थिएन । क्यारेक्टरको मानिसको हाडछाला भित्र क्यारेक्टर कसरी छिर्ने भन्ने हुने पर्ने हो ।

त्यो माहोल थिएन त्यतिबेला । त्यसपछि म १० वर्ष चलचित्र क्षेत्रबाट टाढिए । अनि बल्ल दासढुंगा खेले । उनले प्रष्ट पारे । उनले अहिले खगेन्द्र लामिछानेले निर्देशन गरेको चलचित्र पानी फोटोमा अभिनय गरेका छन् । यो चलचित्रको पहिलो सजनको छायांकन सकियो । अर्को सिजन पौषमा हुन्छ । उनी थिएटरबाट उदाएका व्यक्ति हुन् ।

हाल एक्टर्स स्टुडियो मार्फत आफ्नो ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गरिरहेका छन् । पोखराबाट आफ्नो रंगमञ्चको यात्रा अगाडी बढाएका उनी पछिल्लो क्रममा चलचित्र क्षेत्रमा समेत व्यस्त हुन थालेका छन् । उनले एक दर्जन चलचित्रमा अभिनय गरिसकेका छन् । उनले २ घण्टा भन्दा लामा ३ दर्जन र साना नाटकहरु त्यतिनै संख्यामा गरिसकेका छन् । सडक नाटकहरु संख्या त धेरै बढी छ ।

उनको आर्ट हब खोल्ने लक्ष्य छ । ‘पोखरामानै सम्भावना छ, त्यसको लागि बजेट धेरै लाग्ने भएको हुँदा, आर्ट हबको रुपमा सोचेको थिए, त्यसको बजेट मैले सोचेको भन्दा धेरै लाग्ने, त्यसको लागि कसरी मेनेज गर्न सकिन्छ भनेर लागिरहेको छु’ उनले भने ।
यस्तो रंगमञ्च जहाँचाहि साना ठुला सबै व्यक्क्तिहरु कुनै हाई¥याङ्किङ नभएको स्पेस, जहाँ आफ्नै लाइब्रेरी, कलाका अलग–अलग विधाहरुको समग्र रुपमा विश्लेषण गर्ने फोरम बनाउने उनकोे योजना छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button