
पोखरा न्यूज- १३, मंसिर । पोखरा पार्दीदेखि पिकनिक खान यात्रु बोकेर गएको एक हाइस माइक्रो पोखरा-२२ को कच्ची सडकमा पल्टिएकोे छ । उकालोको घुम्तीमा पिकअफ टुटेर गाडी स्लिप खाँदा गाडी पल्टिएकोे बताइएको छ । बा ४ ख ४२५ नम्बरको उक्त हाइस पल्टदा एक जना सामान्य घाइते भएको स्थानिय नेत्र पौडेलले बताए ।


तस्वीर : दीननाथ बराल





