पोखरामा सम्पन्न वार अफ डान्सको उपाधि नेहा गुरुङलाई

आर.आर. पौडेल, पोखरा न्यूज- १३, मंसिर । पोखरामा आयोजित तेस्रो संस्करणको वार अफ डान्सको उपाधि कास्की रुपाकोटकी नेहा गुरुङले जितिन् ।

फाइनलमा पुगेकाबिच भएको प्रतिस्पर्धाबाट उनी उत्कृष्ट बनेकी हुन् ।  माछापुच्छ्रे नृत्य प्रशिक्षण केन्द्रले आयोजना गरेको नृत्य विधाको यो प्रतियोगीतामा बेल्बारी मोरङकी निसा गुरुङ फस्ट रनर्सअप, कास्कीकी इस्मारिका गुरुङ सेकेन्ड रर्नसअप बने ।

अडिसनमा सहभागीबाट छानिएका ८ जनालाई पोखरा उद्योग वाणिज्य संघको हल ग्रैहापाटनमा आयोजित ग्राण्ड फिनालीमा अन्तिम प्रतिष्पर्धामा उतारिएको हो । फाइनल कार्यक्रमको थप आर्कषणको रुपमा गायन प्रस्तुती पनि रहेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button