कास्की-२ उपनिर्वाचनको मतगणना आज राति साढे १० बजेदेखि शुरु हुने

दीननाथ बराल, पोखरा न्यूज – १४, मंसिर । कास्की क्षेत्र २ अन्तर्गत प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको लागि आज भएको निर्वाचनको मतगणना आज राति १०ः३० बजे देखि शुरु हुने भएको छ ।

सर्वपक्षिय तथा सर्वदलिय बैठक बसेर आज राति १०ः३० बजे देखि मतगणना शुरु हुने सहमति भएको मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत रामचन्द्र उपाध्यायले बताए ।

जिल्ला समन्वय समितिमा पहिलो चरणमा दुई ठाउँबाट मतगणना शुरु गर्ने भएकोे उनले बताए । उनका अनुसार आइतबार बेलुकासम्ममा सबैको साथ र सहयोग भएमा मतपरिणाम आउने छ ।

पत्रकारहरुलाई मतगणना शुरु भएको केही मिनेटमा मतगणना स्थलमा प्रबेस दिए पनि पछि आफुहरुले दिएको घेरा भित्र बसेर सुचना संकलन गर्नुपर्ने उनले जनाए ।

कास्की २ मा ७१ हजार ८ सय ७१ मतदाता सङख्या मध्य शनिबारको उपनिर्वाचनमा ६३.४० प्रतिशत अर्थात ४५ हजार ५ सय ६३ जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।

कास्की उपनिर्वाचनको क्रममा आज भएको बम बिष्फोटनमा संलग्न भएको आशंकामा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ ।  ६ मध्ये  २ जना घटनामा संलग्न नभएको प्रभारम्भिक अनुसन्धानबाट देखिएको कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले जनाए । घटनामा संलग्न भएका उपर कानुनी कारवाही हुने उनले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button