डोटीमा नेकपा विजयी

पोखरा न्यूज – १५, मंसिर । डोटीको आदर्श गाउँपालिका वडा नं २ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार रामबहादुर बोहरा विजयी भएका छन । उनले कूल ६ सय ८६ मत प्राप्त गरेका छन  । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महादेव साउदले ६ सय ५६ मत प्राप्त गरेका छन  ।

त्यस्तै राप्रपाका उम्मेदवार काशीराम ओझाले १५ तथा स्वतन्त्र उम्मेदवार भूमिसिंह खडकाले १ सय ९१ मत प्राप्त गरेको जनाइएको छ । कूल एक हजार ५९० मत खसेकामा ६० मत बदर भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उक्त वडामा यसअघि पनि नेकपाले नै जितेको थियो । तत्कालीन वडाअध्यक्ष प्रेम बोहराको जीप दुघटनामा परी मृत्यु भएपछि उपनिर्वाचन भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button