दीननाथ बराल, पोखरा न्यूज – १५, मंसिर । नेकपाकी उम्मेदवार विद्या भट्टराईले पोखरा महानगरपालिका वडा नम्बर ३३, २१ र २० को मत परिणाम सार्वजनि भएसंगै मत अन्तर फराकिलो पार्न सफल भएकी छन्।
तीन वडा वडाको मतपरिणाम सार्वजनिक भएसंगै उनले आफ्ना निकटतम प्रतिद्धोन्दी नेपाली काँग्रेसका उम्मेदवार खेमराज पौडेललाई ४ हजार ६ सय ४३ को मत अन्तरले अग्रहता कायम गरेकी हुन्।
तीन वटा वडाको मतपरिणाम अनुसार भट्टराईले ८ हजार २ सय ६५ मत ल्याउदा काँग्रेस उम्मेदवार पौडेलले ३ हजार ६ सय २२ मत प्राप्त गरेकाछन्। कास्की क्षेत्र २ अन्तर्गत प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको लागि शनिबार भएको निर्वाचन पश्चात आज बिहान १ः४० बजे देखि मतगणना शुरु भएको हो ।
२१ जना चुनावी मैदानमा उत्रिए पनि मुख्य प्रतिस्पर्धा नेकपाकी उम्मेदवार भट्टराई र काँग्रेसका उम्मेदवार पौडले बिच प्रतिस्पर्धा हुने भएको देखिन्छ ।
समाजवादी पार्टीका धर्मराज गुरुङले ३ वटा वडाको मतपरिणाम अनुसार १ सय ७२, साझा पार्टीकी रजनी केसीले ९०, रापप्राका रोमबहादुर भण्डारीले १ सय ८६ प्राप्त गरेका छन्। अन्य उम्मेदवारले २५ मतसम्म प्राप्त गरे भने स्वतन्त्रका दुई जना उम्मेदवारले एक मत पनि प्राप्त गर्न सकेका छैनन्। थप जानकारीको लागि तल प्रस्तुत भएको मत परिणाम हेर्न सकिन्छ ।