पोखराको मौजामा ढिस्कोले पुरिएका पाँचै जनाको मृत्यु

पोखरा न्यूज – १५, मंसिर । कास्कीको पोखरा महानगरपालिकाको–२० स्थित मौंजा विसौंनामा आज बिहान माटोको ढिस्कोमा पुरिएर पाँच जना कामदारको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सल्यानको बाघचोर नगरपालिका–४, पेदीखोलाका तोबान बस्नेत, जितबहादुर बस्नेत, खिमलाल ओली, जोगेन्द्र  बुढाथोकी र गणेश ओली रहेको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता राजकुमार केसीले जानकारी दिए ।

भलाम–मौंजा ग्रामीण सडक खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर ती कामदारको मृत्यु भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button