कास्की-२ मा नेकपाकी उम्मेदवार बिद्या भट्टराईको जित पक्का

दीननाथ बराल, पोखरा न्यूज – १५, मंसिर ।  नेकपाकी उम्मेदवार बिद्या भट्टराई कास्की क्षेत्र नम्बर २ उपनिर्वाचनमा प्रतिनिधि सभा सदस्यको रुपमा निर्वाचित हुने सुनिश्चित भएको छ । पोखरा महानगरपालिकाका ३ वडाहरुको मत परिणाम आउन बाँकी हुँदै  भट्टराईको मत अन्तर ८ हजार ५ सय ३६ रहेको हुँदा  उनको जित सुनिश्चित भएको हो ।

पोखराका बाँकी तीन वडा वडाको मतपरिणाम आउनु पुर्व ३७ हजार १ सय ३२ मत गणना हुँदा भट्टराईले २० हजार ७ सरय ९७ मत ल्याउदै आफ्नो अग्रतालाई कामय राख्दै जित सुनिश्चित गरेकी हुन्। भट्टराईका निकटतम प्रतिद्धोन्दी नेपाली काँग्रेसका उम्मेदवार खेमराज पौडेलले भने १२ हजार २ सय ६१ मत प्राप्त गरेका हुन्।

८, ७ र ४ वटा वडाको मतपरिणाम केही मिनेटमै सार्वजनिक हुने भएको निर्वाचन कार्यालयले जनाएको छ । कास्की क्षेत्र २ अन्तर्गत प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको लागि शनिबार भएको निर्वाचन पश्चात आज बिहान १ः४० बजेदेखि मतगणना सुरु भएको हो । २१ जना चुनावी मैदानमा उत्र्रिए पनि मुख्य प्रतिष्प्रर्धा नेकपाकी उम्मेदवार भट्टराई र कागेंसका उम्मेदवार पौडले बिच प्रतिष्प्रर्धा भएको छ ।

समाजबादी पार्टीका धर्मराज गुरुङले १ हजार ५ सय ३, ,रापप्राका रोमबहादुर भण्डारीले १ हजार ६, साझा पार्टीकी रजनी केसीले ६ सय २६ मत प्राप्त गरेकीछन्। मंगोल नेश्नल अर्गनाइजेशनका रियाज गुरुङले १ सय २९७ मत प्राप्त गरे ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button