टिपरमा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

पोखरा न्यूज – १६ , मंसिर । पूर्व पश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१२ स्थित नयाँमिलमा रोकिराखेको टिपरमा गए राति मोटरसाइकलले ठक्कर दिँदा दुई युवाको घटनास्थलमै मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार भे १ ब १४४८ नम्बरको टिपरलाई ना ४३ प ३३४६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । मृत्यु हुनेमा रुपन्देहीको सैनामैना नगरपालिका–६ बस्ने २८ वर्षीय नवीन कँडेल र सोही स्थानका ३१ वर्षीय दीपक पन्थ रहेका छन् । सो घटना गए राति भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button