पोखराको लेकसाईडमा पर्फमेन्स आर्ट कार्भिनल

आर.आर.पौडेल, पोखरा न्यूज – १६, मंसिर । पोखराको पर्यटकिय ठाउँ लेकसाइडमा पर्फमेन्स आर्ट कार्भिनल आयोजना गरियो । यो कार्भिनलले तहाँ पुग्ने दर्शकको ध्यान खिच्यो । यो मेलामा ९ जना नाट्य क्षेत्रमा अगाडी बढ्न खोजेका कलाकारले आफ्नो कला देखाए । उनीहरुको प्रर्फमेन्स आर्टलाई दर्शकले वास्तविक घटना ठाने । उनीहरु झुक्किए ।

लेकसाईड हल्लनचोकबाट बाराहिचोकसम्म एक महिला जन्जिरमा बेरिएर हिडिरहेकि थिईन् । उनि ज्योती हमाल हुन् । उनले महिलालाई बाहिर त निस्किन दिन्छन तर समाजले जन्जिरमा बेरिदिएकाले त्यो तोडिदिन समाजलाई आग्रह गरिन् । पोखराको लेकसाईडको बाराहीघाटमा एक युवा टाउकोमा प्लाष्टिक बेरेर उभिएर बसेका थिए ।

उनलाई सास फेर्न ग्राहो भएको थियो । त्यो देखेर तहाँ जम्मा भएकाको भिडबाट नै एकजना गएर उनको प्लाष्टिक खोलिदिए । बल्ल उनेले यो वास्तविकता नभई नो एक्जिट शिर्षकमा प्रफमेन्स आर्ट गरेको बताए । यो अभिनय गरेका गौरब पौडेलले उपस्थित सबैलाई पर्यावरण जोगाउन आग्रह गरे ।

तहाँनै अर्का एक युवा २ हात र खुट्टामा भारतको झण्डा झुण्डाएर यताउता गरिरहेका थिए । उनि थिए कलाकार टिकाराम पौडेल । अस्तित्व शिर्षकमा प्रफमेन्स आर्ट गरेको उनले बताए ।  एक युवा कपास, विभिन्न रंगहरु र सेतो कपडा भुँईमा ओछ्याए अनि कपास रंगहरुमा डुबाउदै सेतोमा फाल्दै थिए । उनि कलाकार रेवन राई थिए । उनले विभिन्न रंगहरु मार्फत बिदेशिएका युवाहरुको ईच्छा र खुशी खोजेको बताए ।

बाराहीघाटमा एक युवती आईन गर्भवती को अभिनय गरेर । उनि सविता सापकोटा थिईन । सविताले पुरुषप्रधान समाज शिर्षकमा प्रफमेन्स आर्ट गर्दै हाम्रो समाजमा महिला गर्भवती हुँदा पनि छोरा पाउनुपर्छ भन्दै दबाब सहनुपर्दाको पिडा प्रफमेन्स आर्ट मार्फत देखाउदै दर्शकको ध्यान तानिन् ।

लेकसाईडको फुट ट्रयाकमा एक युवा माक्स नै माक्सको बिचमा थिए । उनि उज्वल पौडेल थिए । उनी सास फेर्न नसकेर छटपटाईरहेका थिए । स्वास शिर्षकमा प्रफमेन्स आर्ट गरेका उनले पृथ्वी जोगाउन आग्रह गरे ।  लेकसाईडको फुट ट्रयाकमा एक युवा प्लाष्टिक भित्र छटपटाईरहेका थिए र बाहिर पत्रपत्रिका छरिएका देखिन्थे । उनि बिनोद रसाईलि हुन् । उनले देश बलियो हुनका लागि अभिव्यक्ति स्वतन्त्रता जनतादेखि सत्तासम्म समान पहुँच हुनुपर्ने बताए । ।

लेकसाईडको फुट ट्रयाकमा एक युवा गितार बोकेर आईरहदा दमाहा देखेर रोकिएर दमाहा सफा गरेर लिएर बजाउँदै जान्छन् । उनि अनुप अधिकारी थिए । उनले विकाससगँै अगाडि बढ्दा हाम्रो पहिचान, संस्कृति, संस्कार, नैतिकताको जर्गेना गर्न आग्रह गरे ।
पोखराको लेकसाईड हल्लनचोकमा एक युवा जाली भित्र छटपटाईरहेका थिए । उनि रोशन ज्ञवाली हुन् । उनले जनावरलाई कैद गर्दाको पिडा प्रफमेन्स आर्ट मार्फत देखाइन् ।

न्यारेटर अ स्टोरी टेलर समुहले पोखराको लेकसाईड विभिन्न ठाँऊमा प्रशिक्षक चे शंकरको नेतृत्वमा शनिबार ९ वटा भावनाटिका कला (प्रफमेन्स आर्ट) प्रर्दशनी गरेको थियो । रंककर्मी चे शंकर यतिबेला नयाँ कलाकार उत्पादनमा सहजीकरण गर्न पोखरामा छन् । उनलेनै आफुले सहजीकरण गरेका विद्यार्थीलाई अभिनयको अनुभव सगाल्दै निखारता प्रदान गर्न इन एण्ड आउट शिर्षकमा प्रर्फमेन्स आर्ट गर्न लगाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button