जर्मनीमा दोस्रो संग्रहालयमा चोरी, सुराकी दिनेलाई साढे ५ करोड इनाम

पोखरा न्यूज – १६, मंसिर ।  जर्मनीमा एउटा संग्रहालयमा चोरी भएको एक साता नबित्दै अर्को संग्रहालयलाई समेत लुटेराहरुले निशाना बनाएका छन् ।

जर्मनीको बर्लिनस्थित स्टासी म्युजियमलाई चोरहरुले आइतबार निशाना बनाएका हुन् । चोरहरुले पहिलो तलाको झ्याल फोरेर भित्र पसेर प्रदर्शनमा राखिएका केसहरु फुटालेर त्यस भित्र राखिएका कलाकृति, मेडल र मूर्तिहरु चोरेका हुन् । घटनामा कति चोर सामेल थिए भन्ने बारे केही पत्ता नलागेको प्रहरीले बताएको छ ।

यस अघि चोरहरुले जर्मनी कै ड्रेस्डेन सहरमा रहेको ग्रीन भल्ट फोरेर १ सय वटा जति अमुल्य खजानाहरु चोरेका थिए । ड्रेस्डेन युरोप कै एक सर्वाधिक ठूलो र पुरानो संग्रहालय मानिने गर्छ । चोरहरुले ग्रीन भल्टबाट हिरा, मोती र रुबी जस्ता बहुमुल्य जवारतहरु चोरेका थिए । निकै नै सावधानी पुर्वक गरिएको चोरीको प्रहरी अझसम्म कुनै भेउ पाउन सकेको छैन ।

स्टासी म्युजियमबाट चोरिएका सामानको मुल्यका बारेमा केही जानकारी आइनसके पनि चोरिएका वस्तुको मुल्य निकै धेरै रहेको जनाइएको छ । चोरीका वस्तुमा कार्ल मार्क्स अर्डर, लेनिन अर्डर, अर्डर अफ हिरो अफ सोभियत युनियन जस्ता मेडलहरु पनि रहेका छन् ।

प्रहरीले चोरको कुनै पत्तो नलागेपछि चोरीको सुराकी दिने व्यक्तिलाई साढे पाँच करोड रुपैयाँ भन्दा बढीको इनाम घोषणा गरेको छ । यसरी चोरी गरिएका कलाकृती एवम् बहुमुल्य रत्नहरु कालोबजारमा ठुला ठुला कारोबार राफसाफ गर्न प्रयोग गर्ने गरिन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button