साग पुरुष भलिबलको कास्य श्रीलङ्कालाई

पोखरा न्यूज – १६, मंसिर । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत पुरुष भलिबलको कास्य पदक श्रीलङ्काले जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कभर्ड हलमा तेस्रो स्थानका आगि आज भएको खेलमा श्रीलङ्काले बङ्गलादेशलाई ३–१ ले पराजित गरेको हो । बङ्गलादेशले पहिलो सेट २५–२३ अङ्कले जितेको थियो ।

त्यसपछि भने श्रीलङ्काले लगातार तीन सेट जित्दै खेल आफ्नो पक्षमा पार्यो । श्रीलङ्काले दोस्रो सेट २५–२०, तेस्रो सेट २५–१६ तथा चौथो सेट २५–२१ अङ्कले जितेको हो । पुरुष भलिबलको स्वर्ण पदकका लागि मङ्गलबार भारत र पाकिस्तान भिड्ने छन् ।

यस्तै महिला भलिबलतर्फ कास्य पदकका लागि अहिले बङ्गलादेश र माल्दिभ्सबीच खेल भइरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button