महिला फुटबलमा नेपाल विजयी, श्रीलंका एक गोलले पराजित

पोखरा न्यूज – १७, मंसिर ।  १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला फुटबलमा नेपालले श्रीलंकालाई १-० गोल अन्तरले पराजित गरेको छ ।

खेल पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो । प्रतिस्पर्धात्मक खेलमा नेपालको जीतमा अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेकी सरु लिम्बुको गोल निर्णायक बन्यो । उनले ८६ औं मिनेटमा अनिता केसीको पासमा गोल गरेकी थिइन् ।

यस सँगै नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनेको छ । अब नेपालले दोस्रो खेलमा बिहीबार माल्दिभ्ससँग खेल्नेछ । महिला फुटबलमा ५ टोली सहभागी छन् ।

नेपाली टोलीमा एन्जिला सुब्बा, कविता धिमाल, पुनम जर्गा मगर, पुजा राना मगर, अमृता जैसी, हिरा कुमारी भुजेल, रेनुका नगरकोटी, सरु लिम्बू, साबित्रा भण्डारी, अनिता केसी, अनिता बस्नेत, गीता राना, इन्दिरा राई, निरु थापा, मनमाया लिम्बू, उषा नाथ, बिमला चौधरी, मन्जली योञ्जन, दीपा राई र अन्जना रानामगर रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button