ब्याडमिन्टनमा नेपालको निराशाजनक प्रदर्शन, टिम इभेन्टमा भारतलाई २ स्वर्ण

पोखरा न्यूज – १७, मंसिर । तेह्रौं दक्षिण एसियाली खेलकुद अन्तर्गत आज भएको ब्याडमिन्टन प्रतियोगिताको व्यक्तिगत स्पर्धामा नेपालका दीपेश धामी, नङ्शाल तामाङ र रसिला महर्जन पहिलो चरणबाटै बाहिरिएका छन् । पोखरा रंगशालास्थित ब्याडमिन्टन कभर्ड हलमा भएको खेलमा तीनै जनाले कमजोर प्रदर्शन गर्दै पहिलो चरणबाटै बाहिरिएका हुन् ।

नेपालका दीपेश धामी पाकिस्तानका मुरद अलीसँग सोझो सेटमा पराजित भए । दीपेशले मुरदलाई २१–१५ र २१–१३ को सोझो सेट सुम्पिएका हुन् ।

त्यस्तै नेपालकी नङ्साल तामाङ भारतकी गायत्री गोपीचन्दसँग सोझो सेटमै पराजित भइन् । नङ्साल गायत्रीसँग २१–९ र २१–१४ को सेटमा पराजित भएकी हुन् ।

अर्को खेलमा नेपालकी रसिला महर्जन श्रीलंकाकी रत्नासिरी कपुरुसँग २१–१५ र २१–९ को सेटमा पराजित भइन् । अर्को खेलमा श्रीलंकाका दिनुका निशान परेराले बंगलादेशका मोहम्मद सल्मान खानलाई २१–१० र २१–७ को सेटमा पराजित गरे । भारतका आर्यमान टण्डनले पाकिस्तानका अवेइस जाहिदलाई १५ –२१, २१–१४ र २१–९ को सेटमा पराजित गरे ।

बंगलादेशका सिग्बत उल्लाहले भुटानका अनिश गुरुङलाई २१–१७ र २१–९ को सेटमा पराजित गरे ।

पाकिस्तानका पल्वाशा बशीरले मालदिभ्सका अब्दुल रज्जाक फतिमा नवाहालाई २१– र २१–११ को सोझो सेटमा पराजित गरिन् । बंगलादेशका शाल्पा अख्तरले भुटानकी सम्झना गुरुङलाई रिटायर्ड हट गरिन् ।

बंगलादेशकी एलिना सुल्तानाले भुटानकी फुन्ट्सो छोदेन थिङलाई २१–५ र २१–८ को सेटमा पराजित गरिन् । अर्को खेलमा श्रीलंकाका दिल्मी डिआसले मालदिभ्सका अमिनाथ लविहा अब्दुल रजाकलाई २१–६ र २१–१४ को सेटमा पराजित गरे ।

पुरुष युगल स्पर्धामा श्रीलंकाका दिआस अंगोडा भिडानेज र थरिन्डु डुलियोले बंगलादेशका मोहम्मद अब्दुल हामिद र गौरब सिन्हालाई २१–१५ र २१–१८ को सेटमा पराजित गरे । अर्को खेलमा पाकिस्तानका मोहम्मद अतिक र राजा मोहम्मद हसिनको जोडीले भुटानका निडुप दोर्जी र नोर्वु ड्रधुलको जोडीलाई २१–१४ र २११६ को सेटमा पराजित गरे ।

त्यस्तै भारतका कृष्णप्रसाद गंरञ्जा र ध्रुव कोपिलाको जोडीले बंगलादेशका शुभो खण्डाकर र तुसार कृष्ण रोयको जोडीलाई २१–११ र २१–१३ को सेटमा पराजित गरे ।

बिजेता सबै प्रिक्वाटर फाइनलमा प्रवेश गरेका छन् । खेलहरु जारी रहेका छन् ।

टिम इभेन्टमा भारतलाई दुई स्वर्ण

१३ औं दक्षिण एसियाली खेलकुद अन्तरगत पोखरामा भएको व्याडमिण्टन प्रतियोगिताको टिम इभेन्ट तर्फ महिला र पुरुष दुवैमा भारतले स्वर्ण पदक जितेको छ । सोमवार राती भएको फाईनलमा भारतले श्रीलंकालाई पराजित गरेको हो ।

भारतले पुरुष तर्फ ३–१ र महिला तर्फ ३–० को सेटमा जित निकालेको हो । रजत पदक विजेता श्रीलंका नेपाललाई पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो भने, स्वर्ण पदक विजेता भारत पाकिस्तानलाई पराजित गर्दै फाईनमा प्रवेश गरेको हो ।

फाईनलमा टिम ईभेण्ट पुरुष तर्फ सिंगल्समा भारतका श्रीकान्त किदाम्बीले श्रीलंकाका एदिरिमुनि दिनुका निसान पर करुणारत्नेलाई ३–को सेटमा पराजित गरे । पहिलो सेट १७–२१ ले गुमाएका श्रीकान्तले बाँकी सेट २१–१५ र २१–११ को स्कोरमा आफ्नो पक्षमा पारेका थिए ।
यस्तै सिंगल्स तर्फ भारतका श्री साई सिरिल वर्मा अलुरीले श्रीलंकाका सचिन प्रेमासन एंगोदा विदांगेलाई २–१ को सेटम पराजित गरे । सचिनले २१–१७ र ११–छ को स्कोरमा सेट गुमाएका हुन् ।

पुरुष डबल्स तर्फ भारतका कृष्ण प्रसाद कपिला र ध्रुव कापिलाको जोडीले श्रीलंकाका ईद्रिमुनि दिनुका निसान पर करुणारत्ने र हासिथा चण्डाका मन्नी हेवाको जोडीलाई २१–१४ र २१–१८ को सेटमा पराजित गरको हो । यद्यपि, श्रीलंकाको उक्त जोडीले एउटा सेट २१–१४ ले आफ्नो पक्षमा पारेपछि हार टार्न सकेन ।

टिम इभेन्ट महिला तर्फको सिंगल्समा भारतले क्लिन स्विप गर्यो । उसले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको हो । भारतकी अस्मिता चलिथाले श्रीलंकाकी थिलिनी प्रोमादिका हेन्दाहेवालाई २१–१२ र २१–१३ को सेटमा पराजित गरिन् भने, भारतकै आकर्षि कश्यपले श्रीलंकाकी दिल्मी प्रेमशिखा डायसलाई २१–१९ र २१–१० को सेटमा पराजित गरिन् । तेस्रोे खेलमा भारतकी गायत्री गोपिचन्द पुलेलाले श्रीलंकाकी अचिनि निमेशिका रत्नश्रीलाई २१–१८ र २१–१० को सेटमा पराजित गरिन् । रत्नश्रीले एउटा सेट २१–१३ ले आफ्नो पक्षमा पारेपनि उनले रजत पदकमै चित्त बुझाउनु पर्यो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button