विश्वमै सबभन्दा बढी बलि दिइने गढिमाई मेलामा बलि प्रथा शुरु

वीरेन्द्र कर्ण– १८, मंसिर । विश्वमै सबभन्दा बढी बलि दिइने बारा जिल्लाको गढिमाई नगरपालिकाको बरियारपुरमा रहेको ऐतिहासिक, धार्मिक तथा प्राचीन गढिमाई मन्दिरमा मङ्गलबार विधिवत्रूपमा बलि प्रथाको शुरुआत भएको छ ।

बाराको सिमरा गाउँबाट आएका दुखा धामीले आफ्नो जिब्रो, आखाँमुनिको तल्लो परेली, छाती, पाखुरा र तिघ्राबाट पाँच थोपा रगत झिकेर गढिमाईलाई चढाएपछि विधिवत्रूपमा मङ्गलबारदेखि बलि प्रथा शुरु भएको मन्दिरका एघारौँ पुस्ताका पुजारी मङ्गल चौधरीले बताए  ।

पञ्चबलिका रूपमा बलि दिइने दुर्लभ मानिएका सेतो जङ्गली मुसा बलि दिइने दिन सो क्षेत्रमा सहजै उपलब्ध हुनु, मेलाको समयमा बत्ती स्वप्रज्वल हुनु, बलिको रगत र मासुमा झिँगा नबस्नु, बलिको मासु खाँदा कुनै किसिमको रोग नलाग्नु, मेलामा कसैलाई चोटपटक नलाग्नु यस मेलाको मुख्य विशेषता रहेका छन् ।

नेपालको ऐतिहासिक सांस्कृतिक र पुरातात्विक दृष्टिकोणले महत्वपूर्ण मानिएको गढिमाई मेला हरेक पाँच वर्षको अन्तरालमा लाग्ने गर्दछ । यस मेलामा गढिमाई भगवतीको स्थानलाई केन्द्रविन्दु मानेर चारैतिर सिमाना निर्धारण गरिएकाले भक्तजनले सिमानाभित्र जुनसुकै ठाउँमा बलि दिने परम्परा रहिआएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button