एथ्लेटिक्समा नेपाललाई कास्य पदक

पोखरा न्यूज – १८ मंसिर । १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत एथ्लेटिक्सको पुरुष १० हजार मिटरको प्रतियोगितामा नेपाली धावक दीपक अधिकारीले कास्य पदक जितेका छन ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्शालामा आज भएको १० हजार मिटर दौडमा अधिकारीले सो दौड ३० मिनेट ५०.०६ सेकेण्डको समय खर्चदै कास्य पदक प्राप्त गरेका हुन् ।

सोही प्रतिस्पर्धामा भारतका सुरेश कुमारले स्वर्ण पदक जित्नुभयो भने श्रीलङ्काको सान मुगेशश्वरले रजत पदक हात पारे । कुमारले निर्धारित दूरी २९ मिनेट ३३.६१ सेकेण्ड समय खर्चदै पूरा गरे भने श्रीलङ्कामन मुगेशश्वरले ३० मिनेट ४९.२० सेकेण्डको समय लगाउँदै रजत पदक हात पारे ।

सोही स्पर्धामा हिजो भएको महिलातर्फको प्रतियोगितामा नेपालका सन्तोषी श्रेष्ठले स्वर्णपदक हासिल गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button