मनाङमा अलपत्र २३ पर्यटकसहित ३३ को उद्दार

पोखरा न्यूज – १८ मंसिर । मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका-९ स्थित तिलिचो तालमा घुम्न गएका ३३ जनाको प्रहरीले उद्धार गरेको छ ।

भ्रमणमा गएका २३ इन्डोनेसियाका पर्यटक तथा १० जना नेपाली गाइड र भरिया गरी ३३ जना अलपत्र परेको जानकारी पाएपछि प्रहरीले उद्धार गरेको हो ।

अलपत्र परेका सबैको सकुशल उद्धार भएको प्रहरी जनाएको छ । उद्धार गरिएका २३ जना पर्यटकलाई हेलिकप्टरमार्फत पोखरा ल्याइएको र अन्य १० लाई पनि पोखरा ल्याइएको पनि प्रहरीले उल्लेख गरेको छ ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button