१३ औं साग : पोखरामा आर्चरी खेल शुरु

दीननाथ बराल, पोखरा न्यूज – १९ मंसिर । १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत आज देखि पोखरामा आर्चरी खेल सुरु भएको छ । पाकिस्तान अन्तिम समयमा आएर सहभागी नहुने भए पछि बिहिबार उक्त खेलको उद्घाटन सहित अभ्यास खेल सुरु भएको हो ।

पाकिस्तानले अन्तिम अवस्थामा आएर आफ्नो आन्तरिक कारण देखाउदै आर्चरी खेलमा सहभागि नहुने भएसँगै बिहीबार अभ्यास (वार्मअप) खेल भएको नेपाल आर्चरी संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष बसन्त थकालीले बताए ।  मंसिर २३ गतेसम्म चल्ने उक्त खेलको उद्घाटन १३ औं साग स्थानिय व्यबस्थापन तथा सहजीकरण समिति पोखराका सदस्य एवं गण्डकी प्रदेश सांसद मोहन रेग्मीले गरेका हुन्।

उनले पोखरामा साग हुनुले पोखराको खेल पर्यटनको प्रबर्द्धन हुने विश्वास व्यक्त गरे । पोखरामा हुने साग अन्तर्गतका खेलहरु भव्य रुपमा सम्पन्न गर्न सबैमा सांसद रेग्मीले आव्हान समेत गरेका छन् । नेपाल आर्चरी संघका अध्यक्ष दीपक गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

बिहीबार देखि र्याङकिङ राउण्ड सुरु हुनु हुने भनिए पनि पाकिस्तान प्रतियोगितामा सहभागी नभएकोले शुक्रबार देखि र्याङकिङ राउण्ड सुरु हुने भएको संघका बरिष्ठ उपाध्यक्ष थकालीले बताए ।

प्रतियोगितामा नेपाल सहित भुटान, श्रीलंका र बंगलादेश सहभागि भएकाछन्। भुटानका ९ जना खेलाडीहरु प्रतियोगितामा सहभागि हुदैछन् भने अन्य तीन देशका १६-१६ जना खेलाडीहरु सहभागि हुने भएकाछन् । टिम रिकर्भ (७० मिटर) महिला-पुरुष, एकल रिकर्भ, महिला तथा पुरुष र मिक्स रिकर्भ गरी ५ स्वर्ण पदकको लागि प्रतिस्पर्धा हुने भएको छ ।

त्यसै गरी कम्पाउण्ड (५० मिटर) महिला तथा पुरुष, कम्पाउण्ड एकल महिला तथा पुरुष र मिक्स तर्फ गरी ५ स्वर्ण गरी जम्मा १० स्वर्ण पदकको लागि ५७ जना खेलाडीहरु प्रतिस्पर्धामा उत्रिने भएका हुन्। यस प्रतियोगितामा सहभागी खेलाडीहरुको विश्व आर्चरी महासंघले र्याङकिङ गर्ने भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button