पोखरा न्यूज – २०, मंसिर । मुटु रोगले पीडित भई हाल उपचाररत रहनुभएका पत्रकार महेश रिजाललाई नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाले आर्थिक सहयोग प्रदान गरेको छ ।
महासङ्घका वरिष्ठ उपाध्यक्ष बिपुल पोख्रेल र जिल्ला शाखा अध्यक्ष सविन प्रियासनले आज उहाँलाई सहयोग स्वरुप रु एक लाख २६ हजार ६५ प्रदान गरे ।
सो रकम महासङ्घका जिल्ला, प्रदेश , केन्द्रीय सभाषद् तथा यहाँका सञ्चारमाध्यमले उपलब्ध गराएका थिए । केन्द्रीय सभाषद् समेत रहेका रिजालको उपचारका लागि महासङ्घ शाखाले सहयोग अभियानको सुरुआत समेत गरेको छ ।