साग महिला ह्याण्डबलमा नेपाललाई रजत, भारतलाई स्वर्ण

पोखरा न्यूज – २२, मंसिर ।  १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तरगत ह्याण्डबल खेलको सम्पन्न फाइनलमा नेपाल भारत संग पराजित हुँदै रजत पदकमा सिमित भएको छ भने भारत उपाधी रक्षा गर्न सफल भएको छ ।

नेपालले सागमा उत्कृष्ट पदर्शन गर्दै रजत पदक हात पार्न सफल भएको हो । यस अघि १२ औं सागमा नेपाली महिला ह्याण्डबल टिमले चौथो स्थान हासिल गरेको थियो । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको महिला ह्याण्डबलको फाइनलमा आयोजक नेपाललाई ३६–२१ ले हराउँदै भारतले स्वर्ण जितेको हो ।

नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज बहादुर गुरुङले आफुहरुले अपेक्षा गरे अनुसारको १३ औं सागमा सफलता हासिल गरेको बताए । उनले भने “ हाम्रो अपेक्षा पुरुष ह्याण्डबल टिमलाई फाइनलसम्म पुग्छ की भन्ने थियो, अन्यथा महिला टिम फाइनलमा पुराउने लक्ष्य पुरा हुँदा हामीले पहिलो पटक रजत पदक हात पार्न सफल भयौं, यो हाम्रो लागि ठुलो उपलब्धि र खुसिको कुरा हो । ”

भारतकै गुहावटीमा भएको १२ औं संस्करणको ह्याण्डबलमा समेत भारतले स्वर्ण जितेको थियो । १२ औं संस्करणबाटै महिला ह्याण्डबल खेलले प्रवेश पाएको थियो ।

स्वर्ण विजेता भारतका लागि मोनिकाले सर्वाधिक १३ गोलको योगदान गरिन् । सोनिकाले टोलीका लागि ११ गोल गरिन् । निधि शर्माले टोलिका लागि ८ गोल थपिन् । कीपर निना शिल, दीपशिखा र प्रियङ्का ठाकुरले समान १/१ गोल जोडे ।

यता, घरेलु दर्शकको समर्थन पाएको नेपालको लागि भने बन्दना राईले सर्वाधिक ६ गोलको योगदान दिइन् । कबिता राईले आफ्नो नाममा टोलीका लागि ५ गोल जोडिन् । निषा राई र उमा राईले समान ३/३ गोल थपे । रञ्जना राईले २ गोलको योगदान दिइन् । कबिता राई र र शान्तिकला राईले समान १/१ गोल थपे ।

 

बंगलादेशलाई कास्य

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को महिला ह्याण्डबलमा बंगलादेशले कास्य पदक जितेको छ ।

पोखरा रंगशालास्थित कभर्ड हलमा आइतबार विहान भएको तेस्रो स्थानको खेलमा पाकिस्तामाथि ३१–१५ गोलको नतिजा निकाल्दै बंगलादेशले कास्य पदक जितेको हो ।

भरतको गुहावटीमा भएको १२ औं सागको उपविजेता बंगलादेशले पाकिस्तानमाथि सहज जित निकालेको हो । १२ औं सागमा पाकिस्तान कास्य पदक बिजेता हो ।

पहिलो हाफमा १७–५ ले अगाडि रहेको बंगलादेशले दोस्रो हाफमा १४ गोल गर्न सकेको थियो । पाकिस्तानले दोस्रो हाफमा १० गोल गर्न सकेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button