४.८ रेक्टर स्केलको गोरखा भूकम्पको पराकम्प, काठमाण्डौमा धक्का महशुस

पोखरा न्यूज – २६, मंसिर । सिन्धुपाल्चोकको श्रेमथाङ आसपास केन्द्रविन्दु भई आज ४.८ रेक्टर स्केलको परकम्प गएको छ ।

साँझ  ७ बजेर ११ मिनेट जाँदा गोरखा भूकम्पको पराकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका वरिष्ठ भूकम्पविद् भरत कोइरालाले यो नयाँ भूकम्प नभई गोरखा भूकम्पको पराकम्प भएको बताए  ।

काठमाडौंलगायत आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो । गोरखा भूकम्पपछि हालसम्म ४ रेक्टर स्केलभन्दा माथिका ५३७ पराकम्प गएको केन्द्रले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button