
पोखरा न्यूज – ०५, पुष । भारतीय कम्पनी महिन्द्रा लिमिटेडको स्पोर्ट्स यूटिलीटी भेइकल (एसयूभी) ‘एक्सयूभी–३००’ को गण्डकी प्रदेशमा पनि बिक्रिवितरण शुरु भएको छ । शुक्रबार पोखरामा आयोजित एक समारोहबीच ‘एक्सयूभी–३००’ गाडीलाई प्रदेश ४ का उद्योग, पर्यटन र पर्यावरण मन्त्री विकास लम्साल र अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले संयुक्त रूपमा सार्वजनिक गरेका हुन् ।
नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारिक वितरक अग्नी इन्कर्पोरेटेडले गण्डकी प्रदेशमा ‘एक्सयूभी–३०० बिक्रिवितरण शुरु गरेको हो । उद्घाटन समारोहमा बोल्दै अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले एक्सयूभी ३०० गण्डकी प्रदेशमा उपलब्ध गराउन पाउँदा उत्साहित भएको बताएका थिए । श्रेष्ठले भने, “एक्सयूभी ३०० नयाँ पुस्ताका महिन्द्रा गाडीहरु मध्येको नवीनतम भेट हो । मलाई विश्वास छ, नयाँ जमानाको दृष्यता र उच्च प्रविधियुक्त विशेषताहरूयुक्त एक्सयूभी ३०० हाम्रा ग्राहकहरूबीच तत्कालै लोकप्रिय हुनेछ ।”
अग्नि ग्रुपका स्थानीय बिक्रेता बतास ब्रर्दश प्रा. लि. पोखराका प्रबन्ध निर्देशक श्री शान्ता राज बतासले महिन्द्राको पछिल्लो एसयूभी महिन्द्रा एक्सयूभी–३०० नेपाली बजारमा निकै प्रतिक्षा गरिएको मिड साईज एसयूभी भएको बताएका थिए । उनले महिन्द्राको नयाँ एक्सयूभी–३०० को डिजाइन निकै आक्रामक रहेको तथा कम्फर्ट मोडमा सहरी ट्राफिकमा सहजतापूर्वक सञ्चालन गर्न सकिने पनि बताए ।
एक्सयूभी–३०० का विशेषता
एक्सयूभी–३०० मा आकर्षक सनरुफको साथै, एलईडी डेटाइम रनिङ्ग–लाइट, पुश स्टार्ट–स्टप बटन, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डबल जोन क्लाइमेट कन्ट्रोल लगायतका विशेषता उपलब्ध रहेका छन् । पेट्रोल र डिजेलको टर्बो चार्ज हुने पावरट्रेन प्रणालीले एक्सयूभी–३००को इन्जिनलाई शक्ति प्रदान गर्नेछ ।
एसयूभी डब्लु ४, डब्लु ६, डब्लु ८ र डब्लु ८ (अप्सनल) गरी चारवटा भेरियन्टमा उपलब्ध हुने नयाँ एक्सयूभी ३००को मूल्य पेट्रोल मा डब्लु ४ वर्गका लागि रु ३९ लाख ७५ हजार र डब्लु ८ (अप्शनल) वर्गका लागि रु ५६ लाख ५०हजार कायम गरिएको छ । त्यस्तै गरी डिजेलमा डब्लु ४ वर्गका लागि रु ४१ लाख २५ हजार, डब्लु ६ वर्गका लागि रु ४५ लाख, डब्लु ८ वर्गका लागि रु ५१ लाख ५० हजार र डब्लु ८ (अफ्सनल) वर्गका लागि रु ५७ लाख २५ हजार तोकिएको छ ।
एक्सयूभी–३०० एक्वा मरिन, सनब्रस्ट ओरेन्ज, रेड रेज, पर्ल ह्वाइट, नपोली ब्लाक, डी–स्याट सिल्भर गरी ६ रंगहरूमा उपलब्ध हुने जनाइएको छ भने एक्वा मरिन र तथा रेड रेज डब्लू ८ (अप्सनल) प्याकमा मात्र उपलब्ध हुने पनि आधिकारिक वितरक अग्नी इन्कर्पोरेटेडले उल्लेख गरेको छ । एक्सयूभी ३०० मा थुप्रै फर्ट इन्ड सेग्मेन्ट सेफ्टी फिचर समेत दिइएको छ । सातवटा एयरब्याग, चारै चक्कामा डिस्क–ब्रेक, १७ इन्च अलोय–ह्वील, ईबीडी तथा एबीएसजस्ता अत्याधुनिक विशेषताले एक्सयूभी–३०० सुरक्षाका दृष्टिकोणले निकै सुदृढ रहेको पनि जनाइएको छ ।
नयाँ एसयूभी १.२ लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध छ । यसमा उपलब्ध १.२ लिटर पेट्रोल इन्जिनले ५ हजार आरपीएममा ११० पीएस पावरकासाथै ३५ सय आरपीएममा २०० एनएम–टर्क उत्पादन गर्नेछ भने १.५ लिटर डिजेल इन्जिनले ३७५० आरपीएममा ११५ पीएस पावरकासाथै १५ सय २५ सय आरपीएममा ३०० एनएम–टर्क उत्पादन गर्नेछ ।
एक्सयूभी–३००ले मुख्य रुपमा युवा पुस्तालाई आकर्षित गर्ने कम्पनीको दावी छ । कम्फर्ट मोडमा सहरी ट्राफिकमा सहजतापूर्वाक चलाउन सकिने तथा स्पोर्टस् मोर्डमा उच्च गतिमा चल्न सक्ने पनि कम्पनीले जनाएको छ ।





