लोक दोहोरी गायक न्यौपानेको ‘कमल फूल’ सार्वजनिक (भिडियोसहित)

राजाराम पौडेल, पोखरा न्यूज – ०६, पुष । कर्णप्रिय आवाजका धनी लोक दोहोरी गायक पुरुषोत्तम न्यौपानेले नयाँ गीत ‘कमल फूल ओइलिदै गयो’ दर्शक श्रोतामाझ सार्वजनिक गरेका छन् ।

गीतमा न्यौपाने र लक्ष्मी गौतमको सुमधुर आवाज सुन्न सकिन्छ । गीतको लय न्यौपानेकै हो । शब्द संकलन रमेश बिजीले गरेका हुन् । एरेन्ज विनोद बाजुरालीले गरेको गीत भरपुर संगितको प्रस्तुतीमा तयार पारिएको हो । गीत मालश्री रेर्कडिङ स्टुडियोमा रेर्कड गरिएको हो । यो माया प्रेमसँग सम्बन्धित गीत हो ।

गीतको भिडियो समेत उत्कृष्ट बनेको छ । शंकर बिसीको निर्देशनमा तयार भएको भिडियोमा महेन्द्र गौतम र अञ्जली अधिकारीको अभिनय हेर्न पाइन्छ । छायांकन दुर्गा पौडेलले गरेका हुन् ।

वलाम वेलटारी स्याङ्गजामा जन्मिएका न्यौपानेले ओजदार गीत मार्फत नेपाली साँगीतिक फाँटमा बेग्लै पहिचान बनाएका छन् । वि.स. २०४६ सालमा रेडियो नेपालमा स्वर परिक्षा दिई उत्रिर्ण भए पश्चात ‘वलाम देवि थान’ बोलको गीत रेकर्ड गरी नेपाली साँगीतिक फाँटमा डेब्यु गरेका न्यौपानेले एक हजार भन्दा बढी गीतमा आफ्नो सुमुधुर आवाज भरीसकेका छन् ।

लोकदोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रिय अध्यक्ष भैसकेका न्यौपाने रेडियो नेपालका कार्यक्रम अधिकृत हुन् । हाल उनी एक महिने साँगीतिक कार्यक्रमको शिलशिलामा अष्ट्रेलियामा छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button