पोखरा प्रिमियर लिगमा बुटवलको दोस्रो जीत

पोखरा न्यूज – ०६, पुष । पोखरा प्रिमियर लिगमा आज भएको दोस्रो खेलमा बुटवल ब्लास्टर्सले एक्सपर्ट धनगढीलाई ७ विकेटले पराजित गरेको छ ।

टस हारेर ब्याटिङमा उत्रेको धनगढीले १९.५ ओभरमा सबै विकेटको गुमाउँदै १४० रनको मध्यम योगफल तयार गर्यो । धनगढीका कप्तान दीपेन्द्र सिंह एरीले कप्तानी पारी खेल्दै ४५ बलमा ६१ रन बनाए ।

उनलाई साथ दिदैँ सुन्दीप जोराले ३९ रनको योगदान दिए । बलिङ तर्फ बुटवलका अविनास बोहोराले शानदार बलिङ गर्दै ४ विकेट चट्काउँदा ललित सिंह भण्डारीको भागमा पनि ३ विकेट रह्यो ।

प्रतोयोगिता ढल्किदै गर्दा ब्याटिङ मैत्री हुन थालेको पिचमा धनगढीको १४१ रनको लक्ष्य बुटवलले सहजै पूरा गर्यो । टोलीले १६.४ ओभरमै ३ विकेट गुमाउँदै १४१ रन जोड्न सफल भयो ।

बुटवलका अफ्ताबुद्धिन अहमदले २३ बलमै ७ छक्काको मद्दतले ५२ रन जोडे भने हर्ष टन्कले पनि २१ बलमै ४० रन बनाए । बलिङ तर्फ धनगढीका अनिल खरेलको नाममा २ विकेट रह्यो ।

यस जीतपछि बुटवलले ४ खेलबाट ६ अङ्क जोड्दै अङ्क तालिकामा दोस्रो स्थानमा उक्लेको छ । धनगढी भने ४ खेलमा ३ हार पछि अङ्क तालिकाको पुछारमा सीमित भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button