राजाराम पौडेल, पोखरा न्यूज-०८ पुष । कहाँ भेटिएला चलचित्र मार्फत अभिनय यात्रा प्रारम्भ गरेकी नेपाली चलचित्रकी अभिनेत्री हुन् स्वेता खड्का । उनको जीवनमा विभिन्न आरोह, अवरोह आए । तर ति कुरालाई विर्सदै विर्सदै वर्तमानलाई सुन्दर बनाउन मेहनत गरिरहेकी छन् । चलचित्र, विजनेस अनि सामाजिक कार्यमा उनी अगाडी बढ्दैछन् । उनको क्षमता, मेहनत र लगावका कारण धेरैको माया उनले बटुल्न सफल बनेकी छन् । उनै स्वेता खड्कासँग पोखरा न्यूजका संवाददाता राजाराम पौडेलले गरेको कुराकानी :-
पहिलोपटक पोखरा कहिले आउनु भएको थियो, अनि यसपालीको यात्रा कति औ पटकको हो सम्झना छ ?
‘फस्ट टाइम’ स्कुलबाट ७, ८ कक्षा पढ्दा हो आएको, पछि जान्ने भएपछि भनेको एसएलसी दिएपछि धेरैपटक आए, त्यसपछि त कति आए–आए ‘काउन्ट’ नै छैन । मेरो सबैभन्दा ‘फेबरेट प्लेस’ हो, म अलिकता ‘रिर्फेसमेन्ट’ हुनु प¥यो, अलिकति समय बच्यो भने पोखरा आइहाल्छु, अनि लेकसाइड सबैभन्दा ‘फेबरेट’ लाग्छ, यहाँका फेवाताल, बाराही मन्दिर, सराङ्गकोट मलाई मनपर्ने ठाउँ हुन्, बस्नलाई शान्त लाग्छ ।
पछिल्लो समयमा समाजसेवामा सक्रिय बन्नु भएको छ, कसरी सोच आयो समाज सेवामा लाग्छु भनेर ?
अरुलाई ‘हेल्प’ गर्नुपर्छ र हेल्प गर्छु भन्ने त मेरो बच्चा देखिकै सोच हो, गरि पनि रहेको थिए, जुनबेला भुकम्प गयो म ‘पर्सनली फिल्ड’मा कही पनि गइन, म अमेरिकामा ‘ट्रिटमेन्ट’मा थिए त्यो बेलामा । म आफै पनि दुःखमा थिए । त्यहाँ जाँदा कोहिनुरको धेरै च्यारिटि गरेर सर्पोट गरेको थिए । पर्सनली सर्पोट लिएर गाउँ–गाउँमा जान सक्ने अवस्था थिएन ।
मैले माझी बस्तीको बारेमा थाहा पाए, नजिक भएर त्यहाँ कसैको नजर पुगेको छैन भनेर आर्टिकल पढे । अनि यज्ञराज कार्की मार्फत त्यो बस्तिमा पुगेको थिए । त्यहाँ गइसकेपछि साच्चिनै मनबाटै मलाई ‘फिलिङ्स’ आयो । यो वस्ति बनाउन हेल्प गर्छु भन्ने । फाउन्डेसन खोल्ने त कुरा थिएन, पर्सनली मानिस लिएर आउँछु, डोनर ल्याउँछु भनेर ‘अनाउन्स’ गरेको थिए, कुरा गर्दै गरेपछि गर्भमेन्टको ग्राण्ड सर्पोट लिने कुरा भयो, त्यसको लागि फाउन्डेसन नै चाहिने भयो ।
स्वेता श्री फाउन्डेसन खोलेर समाजसेवामा लाग्नु भएको छ, समाजसेवाको यो यात्रा अब कसरी अगाडी बढ्छ ?
समाजसेवामा लाग्छु भनेर फाउन्डेसन खोलेको हैन, मैले यसै पनि पर्सनली सबैलाई हेल्प गर्थे, फाउण्डेसन थिएन, माझीबस्ती पुगिसकेपछि यसलाई खोलियो ।
अबको सामाजिक कार्य तर्फका योजना के छन् ?
मैले विजनेस गरिरहेको छु, धेरै वटा विजनेस ‘रेसपोनसिविलिटि’ छ । धेरै जनाको लाइफ जोडिएको छ । मैले विजनेस ‘कन्टिन्यु’ गर्नैपर्छ । मैले धेरै वटा वस्ती बनाउँछु र फाउन्डेसनमा मात्र लाग्छु भनेर लागेकै होइन । माझी वस्तीमा पुगेको कारणले फाउन्डेसन क्रियट भएको हो । म फेरी अर्को बस्ती निर्माणमा जान्छु भन्ने छैन । तर हामीले त्यो वस्तीमा होमस्टेलाई डेभलप गर्न लागेका छौ । उनीहरुको आर्थिक अवस्थामा सुधार होस् भनेर । बस्ती राम्रो भयो भने त्यहाँबाट अरुले पनि हाम्रो वस्ती पनि यस्तो बनाउनुपर्छ भन्ने भावना जागृत होस् भन्ने चाहना हो । फेरी प्राकृतिक प्रकोप भयो भने फाउण्डेसबाटै सहयोग गर्न कोसिस गर्छु ।
अब चलचित्रको यात्रा कसरी बढ्छ ?
मेरो ‘ट्राजिटि मुभमेन्ट’ पछि फस्ट चलचित्र निर्माण कान्छी गरे । कान्छी पनि कति कुराहरुमा दर्शकहरुले इमोसनली तपाईको लाइफसँग पनि मिल्छ यता उता भनेर कमेन्ट गर्नुभयो । मेरो चलचित्र यात्रा निरन्तरनै थियो । बिचमा एउटा फिल्म छोड्नुप¥यो । मेरो हेल्थको कारणले । हेल्लो जिन्दगीको सुटिङमा लण्डनमा थिए, मेरो मेजर सर्जरी भयो ट्युमरको, त्यो कारणले गर्दा त्यो फिल्म गर्न पाइन । अप कमिङ चलचित्र मेरो माझी बस्ती ह्यान्डओभर जुन दिन हुन्छ त्यसपछि फिल्म इन्डष्ट्रिज मा फेरी आउँछु । यो भनेको मेरो विजनेश सँगसगै जाने पार्ट हो । न म यो बाट टाढा हुन सक्छु । न धेरै आउन सक्छु ।
दर्शकले सयम कति कुर्नुपर्ला नयाँ चलचित्र हेर्न ?
आउँदो वर्ष मलाई देख्न पाउनुहुन्छ स्क्रिनमा, मैले खेलिन भनेपनि निर्माणमा, केहि न केहि काम, हल निर्माण, विजनेस बाट होस् या प्रोडक्सनबाट आउनसक्छु । म टाढा हुँदिन फिल्म इण्डष्ट्रिजबाट । एउटै मानिसले धेरै काम गर्न गाह्रो छ । माझी बस्ती र फिल्म इन्डष्ट्रिज भनेको सबै अरुले मात्र हुदैन आफु पनि खटिनुपर्छ । यो सानो कुरा हैन । फिल्म बनाउनु सेन्सेटिभ कुरा हो । हावा तालमा फिल्म बनाउने, बनाइहाल्छ निर्माणले भनेर केयरलेस गर्नु बेकार छ । र आफ्नै दर्शकको मनबाट उनीहरुको फिलिङ्गसमा ‘प्ले’ गरेर उनीहरुलाई दुईघण्टा बाधेर हसाउँन रुवाउन गाह्रो हुन्छ । त्यो कारणले मैले यतिकै ‘नेगलिजेन्स’ गर्न सक्दिन । त्यहि भएर ‘वर्क आउट’ गरेर आफै खट्नु पर्ने भएर अलिकती टाइम लागेको हो ।
विभिन्न आरोह अवरोह सामना गर्नुभयो, जीन्दगीको अबको यात्रा कसरी अगाडी बढ्ला ?
चलिरहेको छ, पाँच वर्ष भइसक्यो, धेरैले धेरै उदाहरण दिन्छन्, अरुले भए विवाह गरिसक्थे, ‘मुभअन’ हुन्थ्यो, यताउता भनेर भन्छन्। तर मलाई जहाँसम्म लाग्छ मेरो लेखिएको हुनुपर्छ, देखेर हुँदन, मेरो लाइफमा जे भयो मैले देखेकै थिइन त्यस्तो हुन्छ भनेर, स्टिल म भगवानलाई विश्वास गर्छु, त्यो पनि भगवानकै हातमा छ । के हुन्छ ‘आई डन्ट नो’ ।
तपाइले सोचेको जीवनसाथी कस्तो ?
मेलै सोचेको छैन, मेरो फेमलीहरु एकदम चिन्तित हुनुहुन्छ, मलाई एक्लै देख्न चाहनुहुन्न, उसको लाइफमा पनि कोही राम्रो मानिस आहोस्, उसलाई केयर गरोस्, लाइफ पाटनर आहोस्, मेरो ममी बाबा सबैको प्रश्न यहि हुन्छ । म इन्डिपेन्डेट छु । पहिला पनि म डिपिन्डेन्ट पहिला पनि थिइन, म इन्डिपेन्डेट भएको कारण मलाई त्यती धेरै फरक नपरेको होला । र अर्को कुरा सबैको लाइफमा ‘अप्स एण्ड डाउन’ आउँछ । मैले लाइफमा धेरै कुरा लर्न गरे । २७ वर्षको उमेर हुँदा यस्तो भोग्नुप¥यो । त्यसकारण म सानो उमेरमानै धेरै ‘म्याचुयर’ भए जस्तो फिल हुन्छ । मलाई सानोतिनो पिडाले रुवाउन सक्दैन ।
जीन्दगीलाई कसरी बुझ्नु भएको छ ?
लाइफ भनेको एकचोटी पाउने उपहार हो । त्यसलाई युज गर्ने र इन्जोय गर्नु भन्छु म सबैलाई । मैले मेरो लाइफबाट सिकेको पनि हो । यदि त्यहिबेला मरेको भए यो लाइफ देख्दैनथे । अस्ति सर्जरी गर्दा मरेको भएपनि यो लाइफ देख्दैनथे । भित्र मनले जे चाहन्छ, जे माग्छ त्यहि कामको लागि हिड्नुहोस्, सोसाइटिले के भन्छ भन्ने नसोच्नुहोस्, सोसाइटिलाई असर गर्ने काम भने नगर्नूहोस तर आफ्नो खुशीको लागि लाइफ कम्परमाइज नगर्नुहोस् ।
विवाहको बारेमा तपाईका सर्त केहि छन् र ?
त्यस्तो सर्त केहि पनि छैन, मलाई बुझ्ने मानिस हुनुपर्छ त्यतिमात्र हो ।
यो बिचमा त्यस्तो बुझ्नेबाट प्रस्ताव आएन ?
धेरै आउँछ, घरमा एरेन्ज म्यारिजको अफरहरु प्रपोजहरु, त्यो त नर्मल कुरा हो नी, एउटा सिंगल मानिसलाई देखेपछि चिन्ता गर्नु, विवाह गरिदिओस् भन्नु, या प्रपोज गर्नु, कसैले अफर गर्नु, लाइफको लागि प्रपोज गर्नु त्यो नर्मल कुरा हो जस्तो लाग्छ ।
जोडी देख्न चाहनेहरुको रहर कहिले पुरा होला ?
मेरो हातमा छैन, मेरो हातमा विवाह हुन्छ, हुँदैन, या मलाई कोहि मनपर्छ पर्दैन, त्यो मेरो हातमा छैन, त्यो सबै भगवानको हातमा हो । म मेन्टली प्रिपियरपनि छैन, म मुभ अन हुन्छु, यो मानिसलाई चुज गर्छु,यो मानिससँग अगाडी बढ्छु त्यस्तो केहि पनि छैन अहिलेसम्म ।
गर्नुपर्छ भन्ने निष्कर्षमा पुग्नु भएको त हो ?
हैन, म इन्डिपियन्डेट भएर पनि त्यो फिल नभएको हो, मलाई गर्नैपर्छ, हुनैपर्छ भन्ने छैन, धेरै जना यस्तो लेडिज हुनुहुन्छ जो एक्लै भएर धेरै नाम कमाउनु भएको छ । दूई जनाले भन्दा बढी गरेर देखाउनु भएको छ । नेपालमानै यस्ता उदाहरण हुनुहुन्छ । समाजमा इन्कम्पिलिट भन्दा पनि कम्पिलट भएर बाँच्ने एउटा ‘ल’ मात्र हो जस्तो लाग्छ विवाह ।
तपाईको दैनिकि कसरी बित्छ ?
मेरो दैनिकि एकदमै विजि सेडुल हुन्छ । फेमलीलाई धेरै समय दिन पाउँदिन, बिहान आँखा खुलेदेखिनै म घरबाट रेडि भएर निस्कन्छु, मेरो होल टाइम अफिसमा, मिडिया लाइन, मिटिङ, अपकमिङ प्रोजेक्ट त्यहि बित्छ । इभिनिङमा भ्याएसम्म जिम जान्छु, स्पा जान्छु, त्यसपछि साथीभाई भेट्ने, भेटघाट छ भने सधै ८ बजे पछि हुन्छ, ८ देखि १० बजेसम्म फेमली, बेष्ट फ्रेन्ड साथीहरुसँग हुन्छु, घरमा लञ्च र डिनर लिन्न । बिहानबो ब्रेकफास्ट मात्र घरमा खान्छु । बिहान साढे ६ बजे उठ्छु, राती १२ बजे सुत्छु, म साढे ५ घण्टा सुत्छु, कामको व्यस्तताले मलाई २४ घण्टा पनि ३६ घण्टा भै दिए हुन्थ्यो भन्ने लाग्छ ।
सामाजिक सञ्जालमा पनि उतिकै सक्रिय देखिनुहुन्छ, सयम कसरी व्यवस्थापन गर्नुहुन्छ ?
कामबाट समय बचे स्टाटसहरु हेर्छु, लेख्छु, के भइरहेको छ, कसलाई समस्या परेको छ, कहाँ जानुपर्छ, त्यो टाइपको हेर्छु, भ्याएसम्म सोसियल मिडियामा एक्टिभ हुन्छु, र मेरो फ्यान फलोहरहरुले मैले धेरै दिनसम्म स्टाटस लेखीन भने धेरै मेसेज पठाउनुहुन्छ, कहाँ हुनुहुन्छ, के हुनुहुन्छ, यताउता सोध्नुहुन्छ, इभन मैले रिप्लाई गर्न पाउँदिन, हरेक २ दिनमा एक हजार फलोहर्स बढ्छ इन्ट्राग्राममा । भनेपछि डे वाई डे मेरो फलोवर्स बढ्दै गएको छ ।
सोसियल मिडियामा के के अपडेट गराउनुहुन्छ ?
सोसियल मिडियामा के गरिरहेको छु, कहा गइरहेको छु, किन गइरहेको छु अपडेट गर्छु, विजनेस को अपडेट, माझी बस्तीको अपटेट यस्तै–यस्तै ।
चलचित्रमा अफर आउन छोडेको त हैन ?
मुभि इन्डष्ट्रिजबाट मलाई अहिले मन छुने स्क्रिफ्ट नआएको हो, अफर नआएको होइन । राम्रो होम प्रोडक्सन नआएको हो । अब साइड रोलनै, हिरोको अगाडी पछाडि नाच्नलाई मात्र स्वेता खड्काले चलचित्र खेल्दैन जस्तो लाग्छ मलाई, स्वेता खड्काले खेलेको फिल्ममा हरेकमा म्यासेज हुन्छ, हरेकको मन जितेको हुन्छ, त्यो ब्यालेन्स गर्न चाहन्छु । त्यस्तो पाएको छैन ।
सिंगल होम प्रोडक्सनबाट आएको चलचित्र कान्छीले तपाइलाई कतिको मजबुत बनायो ?
धेरै जनाले सोचेका थिए, श्री दादा गएपछि यसले केहि गर्न सक्दैन, श्री दादा ले गरेर यो हिट भएको हो । उस्ले केहि गर्न सक्दैन भन्नेहरु थिए । उनीहरुलाइ दह्रो झापड दिन सके, कान्छि फिल्म सफल बन्यो । श्री दादासँग फिल्म बनाउदा त उहाँसँग म थिए, तीनवटा पार्टनर थिए । तर मैले त म र मेरो भाइहरुलाई साथमा लिएर सिंगल होम प्रोडक्सन बाट आए । यसरी आउँदा पनि मेरो फिल्मले धेरै फिल्मलाई फ्लप बनायो । ५१ दिन १०० दिन मनायो । युट्युबमा टेण्डिङमा मात्र परेन, हेनुर्स कमेन्टहरु पनि शत प्रतिशत मायाको नै आए, त्यस कारण पनि त्यो मायालाई म ब्रेकअप गर्न चाहन्न, त्यसैले टाइम लाग्छ ।
ड्रेसअप कस्तो मनपर्छ ?
‘डिपेन्ड अन’ ठाउँ, कुन प्रिमियरमा गइरहेको छु, कस्तो टाइपको कार्यक्रममा गइरहेको छु, म सर्तक हुन्छु, सम्मान, राष्ट्रिय कार्यक्रममा साडी सुट लगाउछु, साथीहरुसँग गए त्यस्तै टाइपको, दिउँसो फर्मल ड्रेसमा हुन्छु, सर्ट, पाइन्ट, टिसर्ट, नर्मल जिन्स, अफिसियल वेयरमा हुन्छु ।
तपाइलई मनपर्ने खानेकुरा ?
मलाई घरकै खान मनपर्छ, त्यो पनि हातले खानपर्छ, तर म एकदम अनलक्की हो के, त्यस्तो चान्स एकदम कम पाउँछु, ममीको हातबाट खाना खान मनपर्छ, भ्याएसम्म ममीले मलाई रुममानै ल्याइदिनुहुन्छ नखाई जान्छु भनेर । मलाई विदेशमा जाँदा पनि नेपाली खानानै मनपर्छ ।
प्लेनमा यात्रा गर्न मनपर्छ की, गाडीमा ?
मलाई ट्राभलमा एकदम इन्जोय गर्न मनपर्छ, टाइम भएसम्म ड्राइभ मै हिड्छु, लोकल थकाली खानाको टेष्ट खोज्दै, रेष्ट गर्दै, बाटोमा पकाएको चिया, खाँदै गफ गर्दे यात्रा गर्न मनपर्छ । फ्लाइट कम युज गर्छु ।
कुन गाडी चढ्नुहुन्छ ?
सँग दुईवटा गाडी छ, एउटा आउट ल्यान्डर मिट्सुविसीको, अर्को ब्रेजा ।
आफै ड्राइभ गर्नुहुन्छ ?
आफै ड्राइभ गर्छु, ड्राइभर पनि राखेको थिए । ड्राइभर राख्दा उनीहरुलाई घन्टौ रोकेर राख्दा, हिडाउँदा, राम्रो लागेन, अनि गएको वर्षबाट ड्राइभर हटाइदिए । कहिलेकाही मेरो भाई, बहिनिले पनि चलाइ दिन्छन् । नत्र म आफै चलाउँछु ।
अन्त्यमा तपाईका फ्यानलाई के भन्नुहुन्छ ?
म तपाइहरुको माया आर्शिवादलाई मेन्टेन गर्छु, मेरो राम्रो होस् भनेर मलाई आशिवार्द दिनुहोस् मुभी इण्डष्ट्रिजबाट म पक्कै टाढा भएको छैन, म चलचित्र नखेलुला, मेरो स्क्रिफ्टमा मेरो क्यारेक्टर म्याच नहुनसक्ला, तर होम प्रोडक्सनबाट मुभी लिएर आउने, हल बनाउने, या केहि न केहि कारणले जोडिरहन्छु, स्टुडियो बनाउँछु होला, विजनेसबाट पनि आउनसक्छु, त्यसैले नेपाली फिल्म हेरिदिनुहोस् नेपाली फिल्मलाई माया गर्नुहोस्, स्वेतलाई माया गर्नुहोस यहि भन्छु ।