पोखराको चिसो मौसममा ‘हट’ फेशन ‘शो’

राजाराम पौडेल, पोखरा न्यूज-०८ पुष ।  चिसो मौसम । पोखराको लेकसाइड । सबैको प्रतिक्षाको विषय थियो फेसन शो हेर्ने । विस्तारै रात पर्दै थियो । सुन्दर मोडलहरु आर्कषक पहिरनमा सजिएर र्याम्पवाल्कमा उत्रिए । अनि त माहोल गर्मियो । राँप बढ्न थालिहाल्यो । उपस्थित दर्शकको आँखा स्टेज तर्फ मोडिहाल्यो । कार्यक्रममा सहभागी मोडेल निकै आकर्षक र ‘हट’ देखिएका थिए । विभिन्न पहिरनमा सजिएर आफ्नो सुन्दरता उनीहरुले प्रर्दशन गरे ।

वाइज मन्की इन्टरटेन्मेन्टले यस्तो फेसन शोको चाँजोपाँचो मिलाएको थियो । इलेमेण्ट रेष्ट्रो एण्ड बार खहरे लेकसाइडमा भएको फेसन शोमा मिस नेपाल २०१८ श्रृखला खतिवडा अतिथिको रुपमा देखिइन् । उनी सुजुकी स्क्टरको ब्रान्ड एम्बेस्डर हुन् ।
फेसन शो मा शो टपरको रुपमा मिस नेपाल युनिभर्स २०१८ मनिता देवकोटा, नेपाली चलचित्रका नायिका अना शर्मा, सुपर मोडेल सविता कार्की, सृजना रेग्मी रहे ।

डिजाइनरहरु तेन्जिन भुटिया, मनिष राई, रचयिता माकाजु र सन्देश राईको पोशाक डिजाइन पहिरिएर मोडेलहरु काशु गुरुङ्ग, सिम्रन गौचन, सिम्रन क्षेत्री, सबनम सुनार, अनुपमा बास्तोला, स्वरुपा स्थापित, रोशनी आचार्य, सेहनाज बानु, अक्स्मी क्षेत्री, कृतिका भुजेल, गंगा ग्याबक, नविन लिम्बु, हिंमाशु टि.बी राना, तोर्डन मगर, इशान गुरुङ र जेनिथ गुरुङ स्टेजमा देखिएका थिए । उनीहरुलाई उपस्थित दर्शकले खुलेरै सर्पोट गरे । मोडलहरु विभिन्न ४ सिक्वेन्स मार्फत दर्शक माझ देखिएका थिए । यसका अतिरिक्त मिस तामाङ २०२० का प्रतियोगीहरुले समेत र्याम्प वाल्क गरे ।

कार्यक्रमको आर्कषणको रुपमा साँगीतिक तथा साँस्कृतीक प्रस्तुती समेत रहेको थियो । पोखराको फेशन र संगीतको आर्कषणलाई बढावा फेशन शो गरिएको इभेन्ट म्यानेजर सनिज गुरुङले बताए । पोखराको फेशन ट्रेण्ड तथा फेशन सोहरुलाई अझ स्तरिय बनाउन कार्यक्रमले सघाउने कार्यक्रम संयोजक रविन पराजुलीको विश्वास छ । फेशन प्रति लगाव राख्ने युवायुवतीको फेशन शो मा उपस्थिती रहेको वाइज मन्की इन्टरटेन्मेन्टका संस्थापक रोहित गदालले जनाए । फेसन शोलाई आर्कषक बनाउन आफुहरुले निकै मेहनत गरेकोले दर्शकको साथ पाएको उनले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button