बफिन्स ९८ को नयाँ गीत ‘हे निष्ठुरी’ सार्वजनिक (भिडियोसहित)

राजाराम पौडेल, पोखरा न्यूज – १३, पुष । म मरेपनि मलाई यो देशको माया छ, नेपाल, वितिसक्यो यो रात, धन्य छौ तिमि शहिद, लगायतका राष्ट्र भावले ओतप्रोत गीत गाएर चर्चामा आयो बफिन्स ९८ । देश प्रेम गीत गाएको यो समुह स्वदेशमानै रहिरहन सकेन ।

कारण गीत संगीतमा मात्र लागेर बाच्न सक्ने अवस्थाको सिर्जना यहाँ भएन । अन्ततः राष्ट्र भाव झल्किने गीत मार्फतपरिचय बनाएको व्याण्डका साथीहरु विदेश हानिए । यसले यो समुहका गीत मनपराउने संगीतपारखी निराश बने । तर अहिले यो समुह विदेशी भुमीमा नेपाली संगीत सुनाउदै विदेशमा रहने नेपालीमाझ देश प्रेमको भाव जगाउदै छ । विभिन्न साँगीतिक कार्यक्रममा सहभागीता जनाउने र नयाँ गीत पस्कने काम यो समुहले गरिरहेको छ ।

यतिबेला बफिन्स ९८ को नयाँ गीत रिलिज गरिएको छ । ‘हे निष्ठुरी’ बोलको यो गीतलाई रोशन महर्जन र सन्जिब गुरुङको रचना तथा संगीत गरेका छन् । रेकर्ड तथा एरेन्ज सर्वज्ञमान शाक्यले गरेको गीतको भिडियोको छायाकंन हङकङमा गरिएको हो । जहाँ हङकङका रमणिय स्थान हेर्न सकिन्छ ।

भिडियोलाई भर्खर बजारमा आएको आइ फोन १० एक्स एस मार्फत खिचिएको गायक सन्जिब गुरुङले जनाए । फोनबाट पनि भिडियो निर्माण गरी कम खर्चमा तयार गर्न सकिने कुरा आफुसहरुले यसबाट पुष्टि गरेको उनले दावी गरे । हङकङका क्यामराम्यान हा च्युङले खिचेको भिडियोको भिडियोको सम्पादन जिबन भाई र यस्को भिज्योल इफेक्ट रमेश गौतमले गरेका हुन् ।

सन् १९९८ मा पोखराको रत्नचोकका युवा मिलेर स्थापना गरीएको समुह हो बफिन्स ९८ । स्थापनाकालमा व्याण्ड मेम्बरको रुपमा सञ्जिव गुरुङ, प्रताव गुरुङ, विवेक थापा, जिवन भट्टराई, चन्द्रमान थापा, रोशन मर्हजन, कृष्ण गुरुङ थिए । उनीहरु जनप्रिय क्याम्पसमा पढ्थे । समुहको पहिलो एलबम थियो सन् २००० मा आएको ‘नौलो कृती’ । त्यसपछि आयो सन् २००३ मा दोस्रो एल्बम ‘पहिचान’ । दुवै एल्बमबाट संगीत पारखीको माया त बटुल्यो तर स्वदेशमानै रहेर निरन्तरता दिन सकेन । यसले फ्यानहरुमा निराशा छायो ।

तर वैदेशीक रोजगारीको शिलशिलामा हङकङ रहदै आएका समुहका मुख्य भोकलिष्ट सञ्जिव गुरुङको सक्रियतामा यो समुह विदेशमा रहेरपनि सक्रिय बनेको छ ।  सञ्जिव गुरुङ, सरोज श्रेष्ठ, वेनवेयर, एलिक्जेन्डर मिलि हङकङमानै ‘कोइजार’ व्याण्ड स्थापना गरेका छन् । कोइजार व्याण्ड मार्फत विभिन्न गित रिलिज गरिएको छ । रक गीत सुनाउने यो व्याण्डले हङकङमा हुने ठुला इभेन्टमा आफ्नो प्रस्तुती राख्दै पहिचान बनाइसकेको छ ।

पोखराको प्रेरणाले नै साागीतिक क्षेत्रमा लागेको बताउँछन् सञ्जिव । अहिले सम्म तीन दर्जन गितमा आवाज भरिसकेको सञ्जिवको पहिलो रेकडेर्ड गित ’लाहुरेको जिवन’ हो । समुहले सन् २०१४ मा तेस्रो एल्बम परावृत्त विदेशबाटै रिलिज गरेको थियो ।

बफिन्स ९८ का व्याण्ड मेम्बरहरु सञ्जिव गुरुङ हङकङमा, विवेक थापा बेल्जियम, चन्द्रमान थापा पोर्चुगल र जीवन भट्टराई नेपालमा छन् । लोकलयका गीतलाई रक शैलीमा ढालेर गीत गाउने यो समुहको विशेषता हो । आफुहरु विदेशी भुमीमा रहेपनि साँगीतिक गतिविधिमा सक्रिय बन्दै संगीत पारखीको साँगीतिक तृष्णा मेटाउन समुह क्रियाशिल रहेको सञ्जिवले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button