लिटल फेरी पोखरा २०१९ मा २५ जना सहभागी, माघमा फाइनल हुने

राजाराम पौडेल, पोखरा न्यूज – १३, पुष । एस टी क्रियशन म्यानेजमेन्ट प्रालिको आयोजनामा पोखरामा लिटल फेरी पोखरा २०१९ आयोजना हुँदैछ । प्रतियोगितामा पोखराका बिभिन्न १६ विद्यालयका २५ जना नानीहरु सहभागी छन् ।

तेश्रो संस्करणको यो प्रतियोगीतामा सहभागीको सेल्फ ट्यालेन्ट राउण्ड कार्यक्रम शनिबार पोखरा पार्टी प्यालेसमा गरियो । उनीहरुले ट्यालेन्ट राउण्ड मार्फत नृत्य, गायन, चित्रकला, बत्तृत्वकला आदी आफ्ना प्रतिभा प्रस्फुटन गरे ।

ट्यालेन्ट राउन्डको निर्णायकमा नृत्य निर्देशक तथा मिस मगर नेपाल २०१९ की बिजेता सनम गर्बुजा मगर, अबाकस मेन्टल म्याटका निर्देशक तथा मोटिभेशनल ट्रेनर उपेन्द्र अधिकारी र मित्रश्री पाठशाला, काठमाडौंका जीवन सुनुवार रहेको आयोजकले बताए ।

बालिकाहरूको व्यक्तित्व, नेतृत्व तथा बौद्धिक क्षमतालाई उजागर गराउनको साथै बाल बालिकाहरूमा निहित प्रतिभालाई प्रोत्साहित गरी प्रस्फुटन गराउनको निमित्त कार्यक्रमको आयोजना गरिएको एस टी क्रियशन म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक सुरज थापाले जनाए ।

ईनिशा दुरा मगर, ज्योति सापकोटा, सोनु खत्री, रजिना सुबेदी र राहुल सापकोटाको सयुक्त कोरियोग्राफीमा प्रशिक्षकहरु उपेन्द्र अधिकारी, जीबन सुनुवार, सनम गर्बुजा, कोरियोग्राफर एवं संञ्चारकर्मी सुरज थापा लगाएतले संयुक्त रुपमा उनीहरुलार्य सहजीकरण गरिरहेका छन् ।

उनीहरुको सहजिकरणबाट प्रतिस्प्रर्धीहरुले बोल्ने कला, स्टेज प्रस्तुती, प्रश्न उक्तर बिधि, अनुशाशन, सामुहिक नृत्य, आर्ट एण्ड क्राफ्ट, चित्रकला, क्याट वाक आदीमा दख्खलता हासिल गर्ने कोरियोग्राफर ज्योति सापकोटा बताउँछिन् ।

प्रतियोगीताको फाइनल आगामी माघको ४ गते शनिबार हुनेछ । अन्तिम प्रतिस्पर्धा भाटभटेनी सुपर स्टोरको चौथो तल्लामा रहेको पेपे पिज्जाको सभा हलमा बिविध सांगीतिक कार्यक्रमको साथमा हुने कार्यक्रम संयोजक ईनिशा दुरा मगरले जनाइन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button