
पोखरा न्यूज – १३, पुष । सडकमै खाऊ, सडकमै नाचौ, सडकमै रमाऊ, भन्ने नाराका साथ भएको पोखरामा शनिवारबाट शुरु भएको २१ औ पोखरा सडक महोत्सवमा आइतबार उल्लेखनीय रुपमा दर्शक सहभागी भएको आयोजक रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेबान) पोखराले जनाएको छ ।
पोखराको लेकसाइडको ३ किलोमिटर सडक क्षेत्रमा संचालन भएको मेला हर्न आउने दर्शकहरुको सख्या शनिवारको तुलनामा आइतबार बढेको आयोजक रेबानले उल्लेख गरेको छ ।
आइतबार दिउसो लेकसाइड स्थित कोमागाने पार्कमा देवी घर्ती, सरला पाण्डे, मञ्जु विक, दुर्गा क्षेत्री, बद्री पगेनी, जिवन दाहाल, श्रीराम अधिकारी र घनश्याम रिजाल लगायतका राष्ट्रिय लोकदोहोरी कलाकारको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए ।
आइतबार साझँ अभय एण्ड द स्टिम इन्जिनको लाइभ कन्सर्टको लागि दर्शकको उल्लेखनीय सहभागिता रहेको सडक महोत्सवका संयोजक लक्ष्मण बरालले जानकारी दिए ।
महोत्सवमा सोमबार लोकदोहोरी तर्फ प्रिती आले, निशा पोख्रेल, सिता परियार, कमला ग्रैहे, बसन्त थापा, शंकर बिरही गुरुङ, सुरेन्द्र गुरुङ, रामजी पौडेलको प्रस्तुती रहने र हास्य कलाकार तर्फ युवराज भण्डारी, राजेन्द्र नेपाली, मनोज गजुरेलको प्रस्तुती रहने बरालले बताए । सोमबार साझँ लाइभ कन्सर्टमा सबिन राईको प्रस्तुती रहने संयोजक बरालले जनाए ।
डुङगा दौड प्रतियोगितामा फिस्टेल घाट पहिलो
पोखरा सडक महोत्सवको अवसरमा आयोजना गरेको डुङगा दौड प्रतियोगितामा फिस्टेल घाट पहिलो भएको छ । फिस्टेल घाटबाट सहभागी दिपेन्द्र परियार, आशिस परियार र अमिस परियारले पहिलो हुदै नगद २० हजार र प्रमाणपत्र प्राप्त गरे ।

बाराही घाट ईबाट सहभागी दिपेश परियार, पुर्ण मगर र जिवन मगरको समुहले दोस्रो स्थान प्राप्त ग¥यो । उनीहरुले नगद १० हजार र प्रमाणपत्र प्राप्त गरे । बाराही घाट डिबाट केवल चौधरी, लेख माझी र गणेश माझीले तेस्रो हुदै ५ हजार नगद जित्न सफल भए । त्यसै गरि गौरीघाट समुहबाट गौतम भुजेल, सुवास सुबेदी र अमृत नेपालीले सान्तोना पुरस्कार नगद २ हजार जित्न सफल भए ।
प्रतियोगितामा ११ टिमको सहभागीता रहेको थियो । प्रतियोगिताका विजेतालाई गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्ट, रेवान पोखरा अध्यक्ष भिमसेन भुजेल, महोत्सवका संयोजक लक्ष्मण बराल, पुर्व अध्यक्ष चौ बहादुर गुरुङ, महोत्वसका सहसंयोजक बसन्त गौतम लगाएतले पुरस्कार वितरण गरेका थिए ।





