पृथ्वी जयन्तीमा नेपाली सेनाले गोरखादेखि काठमाण्डौसम्म पदयात्रा गर्ने

काठमाडाैँ  :  एकीकरणको क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको पदमार्गलाई प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली सेनाले गोरखादेखि काठमाडौंदेखि गोरखासम्म पदयात्रा गर्ने भएको छ ।

आउँदो पुस २७ गते पृथ्वीजयन्तीको अवसर पारेर गोरखास्थित रणसिँह दलमा रहेका सेनाले गोरखा दरबारदेखि काठमाडौंको हनुमानढोका दरबारसम्म पदयात्रा गर्ने कार्यक्रम बनाएको सो गणका गणपति उज्वल केशीले जानकारी दिए ।

पृथ्वीनारायण शाहकालीन सेनाको पोशाक लगाएका गुरुज्यूको पल्टन र गोरखास्थि रणसिँह दल गणका ४५ जना फौजले सो पदयात्रा गर्न लागेको गणपति केशीले बताए ।

पुष १८ गते शुक्रबारदेखि गोरखा दरबारस्थित हनुमानभञ्ज्याङबाट बाजागाजा सहित निस्किएको पदयात्रा काठमाण्डौँको हनुमानढोकामा २७ गते पुग्ने कार्यक्रम बनाइएको उनले जानकारी दिए । एकीकरण पदयात्रा नाम दिइएको सो कार्यक्रमका लागि गोरखा नगरपालिका, भीमसेनथापा गाउँपालिका तथा गोरखा दरबार हेरचाह अड्डाको पनि समन्वय र सहयोग रहने उनले बताए ।

एकीकरण पदयात्रामा ४५ जनाको टोली बाजागाजा सहित पृथ्वीनारायण शाहकालिन नेपाली सेनाको पोसाकमा टर्च, नेपालको राष्ट्रिय झण्डा र पाँच वटा ऐतिहासिक गणहरुको झण्डासहित पत्रयात्रा गर्ने कार्यक्रम बनाइएको उनले बताए । याे समाचार आजकाे गाेरखाकाे दराैँदी दैनिकमा छ  । 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button