भारतीय सरकारले दियो हुवावेलाई ५ जि परीक्षणको अनुमति

पोखरा न्यूज – १५, पुष । भारतीय सरकारले चिनियाँ टेलिकम कम्पनी हुवावेलाई ५ जि नेटवर्कको परीक्षणमा सहभागी हुन अनुमति प्रदान गरेको छ ।

अमेरिकाले हुवावेलाई निरन्तर प्रतिबन्ध लगाइरहेको बेला भारतले गरेको यो निर्णयलाई निकै महत्वका साथ हेरिएको छ ।अमेरिकाले आफ्ना साझेदारहरुलाई हुवावेका उपकरण प्रयोग नगर्न दबाबसमेत दिएको थियो ।

अमेरिकी चेतावनीका बाबजुद फ्रान्स र जर्मनीले हुवावेलाई आफ्नो देशमा ५ जि विस्तार गर्ने बाटो खुला रहेको जनाइसकेका छन् । हुवावेले विश्व भर ५० भन्दा बढी देशमा ५ जि विस्तार गर्ने सम्झौता भएको दाबी गरेको छ ।

भारतमा ५ जिको परीक्षण २०२० को जनवरी देखि सुरु हुन सक्ने जनाइएको छ । ६ अर्ब इन्टरनेट प्रयोगकर्ता सहित भारत चीन पछि विश्व कै दोस्रो ठूलो इन्टरनेट बजार हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button