गण्डकी प्रदेश सरकारले फलाम खानीमा १२ करोड लगानी गर्ने

दीननाथ बराल, पोखरा न्यूज- १६, पुष । गण्डकी प्रदेश सरकारले फलाम खानीमा लगानी गर्ने भएको छ । नवलपरासि वर्दघाट सुस्त पुर्व स्थित धवादी फलाम खानी कम्पनी लिमिटेडमा प्रदेश सरकारले १२ करोड लगानि गर्ने भएको हो ।

प्रदेशको मन्त्रिपरिषदको पुस १४ गते बसेको २५ औ बैठकको निर्णय आज (बुधबार) सार्वजनिक गदै सरकारका प्रवक्ता रामशरण बस्नेतले सरकारले फलाम खानी उद्योगमा ३ प्रतिशत शेयर खरिद गर्ने गरी रकम लगानी गर्ने भएको बताएका हुन् । प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले फलाम उद्योगमा शेयर लगानी गर्ने गरी पेश गरेको प्रस्ताव मन्त्रिपषिद बैठकले स्विकृत गरेको प्रवक्ता बस्नेतले जनाए ।

बैठकले फलाम खानिमा थप ४८ करोड शेयर लगानिका लागि नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयसंग अनुरोध गर्ने प्रस्ताव गरिएको उनले जनाए । साथै बैठकले भौतिक पुर्वाधार विकास मन्त्रालयलाई प्रदेश भवन निमार्ण सम्वन्धी विधेयक २०७६ को मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वकृती दिने निर्णय समेत गरेको छ ।

भवनका मापदण्ड राख्नु पर्ने भएकाले गर्दा मस्यौदा तर्जुमा गर्न प्रस्ताव गरिएकोमा सैद्धान्तिक स्वकृती दिने क्याविनेटले निर्णय गरेको हो । सिंचाई सम्बन्धि प्रावधान तयार गर्नु पर्ने भएकोले गर्दा प्रदेशले प्रदेश सिंचाई सम्बन्धि विधेयक २०७६ को मस्यौदाको लागि तर्जुमा गर्नको लागि स्रद्धान्तिक स्विकृत गरेको उनले जनाए । त्यसै गरी पोखरा ३ स्थित प्रदेश सभा भवनमा यही पुष २३ गते बुधवार ११ बजे बैठक आव्हन गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता बस्नेतले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button