भारतमा एक नेपाली विद्यार्थीले गरे आत्महत्या

पोखरा न्यूज – १७, पुष । भारतको चेन्नईमा स्नातकोत्तर गर्न गएका एक नेपाली विद्यार्थीले आत्महत्या गरेका छन् ।

चेन्नई स्थित तमिलनाडु कृषि विश्वविद्यालयमा अध्यनरत चितवन भरतपुरका २६ वर्षीय सन्तोष न्यौपानेले होस्टेलको आफ्नै कोठामा झुन्डिएर आत्महत्या गरेका हुन् ।

घण्टौँ सम्म उनको कोठाको ढोका बन्द देखे पछि उनका साथीहरुले फोरेर हेर्दा न्यौपाने मृत फेला परेका थिए । मृतक न्यौपाने एमएस्सी इन प्लाण्ट प्याथोलोजी विषय अध्ययन थिए । उनी २०१७ मा पढाइका लागि त्यसतर्फ गएका थिए ।

आत्महत्याको कारण खुलिनसकेको र शव परीक्षणका लागि कोइम्बटोर सरकारी मेडिकल कलेज अस्पताल लगिएको जनाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button