हिउँले सेताम्मै मुस्ताङ, जाने हाेइन त हिउँ खेल्न ?

काठमाडाैं : हिमाली जिल्ला मुस्ताङमा बाक्लाे हिउँ परेकाे छ। मुस्ताङकाे जिल्ला सदरमुकाम जाेमसाेम लगायत मुक्तिनाथ, लाेमान्थाङ लगायत उत्तरी मुस्ताङमा बाक्लाे हिउँ जमेकाे छ। हिउँ परेसँगै किसानहरू खुसी भएका छन् । हिउँले स्याउकाे विरूवामा लागेकाे किरा मार्ने, फुल फुल्न सहयाेग गर्ने स्याउ जाेनका प्रमुख माधव लम्सालले जानकारी दिए। हिउँले अन्य कृषिबाली पनि राम्राे हुनेछ।

बिमानस्थलमा हिउँ जमेकाेले शुक्रबार हिजाे मुस्ताङबा हुने सबै उँडान प्रभावित भएकाे मुस्ताङका सञ्चारकर्मी निरज थकालीले जानकारी दिए । ‘हिउँ बाक्लाे परेकाे छ। हिजाे जहाज पनि उँडेन । अाज पनि उँडेकाे छैन,’ नेपाल भ्रमण वर्ष गण्डकी प्रदेशका सदस्य समेत रहेका थकालीले भने, ‘हिउँ खेल्न अाउने पर्यटक बढ्ने अनुमान गरिएकाे छ।’

उपल्लो मुस्ताङमा पनि हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ। बर्षा र हिमपातसँगै बढेको चिसोले सर्वसाधारणको दैनिकी, हवाइ तथा सडक यातायात सेवा प्रभावित भएकाे हाे।

तस्बिरहरू मुस्ताङ लाेहा 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button