जापानका विद्यार्थीलाई पोखरामा स्वागत

पोखरा न्यूज – २२, पुष ।  पोखरा भ्रमणमा आएको जापानको कोमागाने शहरका विद्यार्थीहरुको टोलीलाई पोखरामा स्वागत गरिएको छ । कोमागाने शहरको एजुकेशन बोर्डका अध्यक्षको नेतृत्वमा आएको टोलीलाई पोखरा महानगरपालिकाका कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङले महागनरमा स्वागत गरेकी हुन् । टोलीमा दश जना विद्यार्थी र शिक्षकहरु रहेका छन् । कार्यबाहक प्रमुख गुरुङले पोखराका प्राकृतिक स्थलहरुको चित्र मायाको चिनोको रुपमा प्रदान गरिन ।

स्वागत कार्यक्रममा बोल्दै कार्यबाहक प्रमुख गुरुङले दुई शहरका विद्यार्थीहरुको भ्रमणले कोमागाने सहरसंगको सम्वन्धलाई थप मजबुद बनाएको बताइन् । उनले दुई सहर वीचको सम्वन्धलाई प्रगाढ बनाउन शिक्षा, स्वास्थ्य, खेलकुद र सांस्कृतिक क्षेत्रमा सहयोग आदान प्रदान भैरहेको बताइन् । उनले जापानी विद्यार्थीहरु पोखरामा आएर यहाँको बारेमा अध्ययन गर्दा सम्वन्ध बलियो र सुदृढ भएको बताइन् । उनले पोखरा पर्यटकीय सहर भएकाले जापानी विद्यार्थीहरुको आगमनले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास ब्यक्त गरिन् ।

पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले दुई देशवीचको नागरीक बिचको  सम्बन्धलाई थप बलियो बनाउन विद्यार्थीहरुको भ्रमणले भुमिका खेल्ने विश्वास ब्यक्त गरे । कार्यक्रममा जापानको कोमागाने सहरका एजुकेशन बोर्डका अध्यक्ष तोसियोले कोमागाने र पोखराको सम्वन्धलाई दिगो बनाउदै यहाँको बारेमा जानकारी लिन विद्याथीहरु आएको बताए । उनले विद्यार्थीहले पोखराको बारेमा अध्ययन गर्ने बताए ।

कोमागाने पोखरा बिच जापानी विद्यार्थीको भ्रमणले सम्बन्धलाई अझै प्रगाढ बनाउने विश्वास उनले ब्यक्त गरे । भ्रमणले दुई शहरको सांस्कृतिक र शैक्षिक विकास बारे अनुभब आदान प्रदानमा सहयोग पुग्ने बताए । उनले कोमागानेका विद्यार्थी मात्रै नभएर यहाँका विद्यार्थीहरु पनि जाने अवस्था भए विकास, प्रविधि र शिक्षाका बारेमा सिक्ने अवर मिल्ने बताए ।

पोखरा कोमागाने नागरिक मैत्री एसोसियसनका अध्यक्ष शारदा मोहन काफलेले जापानबाट आएका विद्यार्थीहरुलाई होमस्टेमा राखिने बताए । उनीहरुलाई यहाँको मौलिक अवस्थाको जानकारी गराउने उद्देश्यले घरघरमा राख्ने ब्यवस्था गरिएको बताए । कार्यक्रममा पोखरा कोमागाने नागरिकमैत्री एसोसियसनका सचिव महेन्द्र गोदारले कार्यक्रम सञ्चालन गरेका थिए ।

पोखरा र कोमागाने सहरवीच सन् २००१ मा भगिनी सम्वन्ध स्थापना भएको थियो । कोमागाने सहर र पोखरा सम्वन्धलाई दिगो बनाउने उद्देश्यले पोखरा १६ बाटुलेचौरमा मातृशिसु मिलेरी अस्पालत निर्माण समेत भएको छ । कोमागानेले अस्पतालका लागि करिब ७ करोड रुपैयाँ बराबरको सहयोग गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button