गायक रविनको नयाँ गीत ‘कान्छी’ सार्वजनिक (भिडियो सहित)

राजाराम पौडेल, पोखरा न्यूज – २२, पुष । गायक रविन न्यौपानेको नयाँ गीत ‘कान्छी’ सार्वजनिक भएको छ । गीतमा आवाज, शब्द र संगीत रविनले गरेका छन् । एरेन्ज भने चेतनराज कार्कीले गरेका हुन् ।

भरपुर संगीत प्रालिको प्रस्तुतीमा सार्वजनिक गरिएको गीतको भिडियोमा रविन र युनिशा भट्टराईको अभिनय हेर्न पाइन्छ । यो गीतको छायाकंन अष्ट्रेलियाको मेलवर्न शहर आसपासमा भएको हो ।

कुशुम रसायलीको मेकअप, जीवन रसायलीको छायाकंन र सम्पादनमा भिडियो तयार भएको हो । भर्खरै रिलिज गरिएको गीत मार्फत दर्शक श्रोताको माया पाउनेमा गायक रविन आशावादी छन् ।

रविनको पारिवारिक वातावरण नै संगीतमय छ । उनी कर्णप्रिय स्वरका धनी लोकदोहोरी गायक पुरुषोत्तम न्यौपानेका छोरा हुन् । रविनले यसअगाडी विभिन्न तीज गीतमा आवाज भरिसकेका थिए ।

 

अब दर्शक श्रोताको लागि नयाँ गीतहरु पस्कने तयारीमा उनी छन् । उनको संगीत र स्वरमा ‘सधैभरी यसैगरी’बोलको गीत विवि अनुरागीको एरेन्जमा सार्वजनिक हुने तयारीमा छ । यसका अलावा उनले अन्य केही गीत समेत दर्शक श्रोताका लागि तयार गर्दैछन् ।

स्याङ्जा जिल्लाको कालिगण्डकी गाउँपालिका वडा नम्बर ५ बलामबेलटारी स्याङजामा जन्मिएका रविन हाल अष्ट्रेलियाको मेलवर्नमा बस्छन् । अध्ययनको लागि तहाँ पुगेका उनले ‘आइटि’ विषयमा व्याचलर अध्ययन पुरा गरेका छन्  ।

 

गायक पुरुषोत्तम न्यौपाने र भगवती न्यौपानेको कोखबाट छोरी रन्जिता न्यौपाने र छोरा रविन न्यौपानेको जन्म भएको हो । यतिबेला उनका बुबा गायक पुरुषोत्तम न्यौपाने र आमा भगवति न्यौपाने समेत अष्ट्रेलियामा छन् । साँगीतिक कार्यक्रम तथा रविनको ग्रेजुएशन सेरेमनीमा सहभागी हुन उनीहरु मेलवर्न पुगेका हुन् । उनीहरु तहाँ नै भएको छेको पारेर गीत रिलिज गरिएको हो ।

उनीहरु चारैजनाको नामलाई प्रतिनिधित्व गर्ने गरी भरपुर म्युजिक प्रालिलाई सञ्चालन गरीएको छ । आफ्ना गीतहरु सोही म्युजिक प्रालिको नाममा न्यौपाने परिवारले रिलिज गर्ने गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button