नक्कली नाेट सहित ४ जना पक्राउ

काठमाडाैं : चार लाख १३ हजार नक्‍कली नेपाली नोटसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनीहरुलाई काठमाडाैंका विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएकाे हाे।

पक्राउ पर्नेमा सल्यानका कमल बुढाथोकी भन्ने कोवी राम बुढाथोकी, काभ्रे पाँचखालका बलबहादुर रानामगर, डोटीका आर्यान खड्का, र धनकुटाका छत्रबहादर लिम्बू छन्।

पक्राउमध्ये रानामगर नक्‍कली नेपाली नोट छपाइ गर्ने मुख्य व्यक्ति हुन्। प्रहरीले उनीबाट ९० हजार नक्‍कली नेपाली नोट र नोट छाप्न प्रयोग हुने फोटोकपी मेसिन, फोटोकपी पेपरलगायतका समान बरामद गरेको छ।

बुढाथोकी भने बजारमा नक्‍कली नोट पुर्‍याउने मुख्य व्यक्ति रहेको सीआइबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले बताए। उनका अनुसार बुढाथोकीबाट नक्‍कली दुई लाख ९८ हजार रुपैयाँसमेत बरामद भएको छ। खड्का र लिम्बू भने बुढाथोकी र रानामगरका सहयोगी हुन्। प्रहरीले खड्काबाट २५ हजार नक्‍कली नोट बरामद गरेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button