पाल्पाबाट पोखरा आउँदै गरेको बस दुर्घटना हुँदा १ को मृत्यु, १७ घाइते

पोखरा न्यूज – २५, पुष । पाल्पाको रामपुरबाट पोखरातर्फ आउँदै गरेको बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

घिरिङ गाउँपालिका–३ थानीमाईमा ग१ख ६१७५ नम्बरको बस दुर्घटना हुँदा तनहुँ घिरिङ गाउँपालिका १ की २० वर्षकी मुना थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछाने पोखरा न्यूजलाई जानकारी दिए।

दुर्घटनामा १७ जना घाइते भएका छन् भने दुईजना गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ।  बस आज बिहान सवा १० बजे दुर्घटना भएको हो। बस सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएको सबैलाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button