पोखरामा जीप दुर्घटनामा एकको मृत्यु

पोखरा न्यूज – २६ ,पुष । पोखरा – १३ आर्वामा शनिबार जीप दुर्घटनामा परि एक जनाको मृत्यु मृत्यु भएको छ ।

आर्वाको उपल्लो गाउँबाट काहुँखोला तर्फ आउदै गरेको  ग २ च ९८५  नम्बरको दाना बोक्ने जीप आर्वाकै थापाको चौतारा नजिक दुर्घटना हुँदा जीपमा सवार एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा स्याङ्जा दरौ सिरुबारी घर भई पोखरा -१४ चाउथे बस्ने १७ बर्षीय लक्ष्मण भनिने  मन बहादुर सुनार रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका  प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए  ।

जीप अनियन्त्रित भई पल्टँदा  जीपमा सवार ३ जना मध्ये गम्भीर घाइते भएका  सुनारलाइ  उपचारको लागि पश्चिमान्चल क्षेत्रीय अस्पताल पठाइएकोमा चिकित्सकले करिव १२ :२० बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ । शनिवार बिहान ११ :४५ बजे भएको उक्त  जीप दुर्घटनामा परेका  अन्य २ को अवस्था भने सामान्य रहेको प्रहरीले उल्लेख गरेको छ  ।

घटनाका विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको  छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button