पोखरा-२२ स्थित शुक्रराज माविलाई राष्ट्रिय वाणिज्य बैंकको सहयोग

पोखरा न्यूज – २६, पुष ।  राष्ट्रिय वाणिज्य बैंकले पोखरा-२२ पुम्दी भुम्दी स्थित शुक्रराज माविलाई कुर्सी सहयोग गरेको छ । बैंकको पार्दी शाखा तथा गण्डकी प्रदेश कार्यालयको सहकार्यमा शुक्रबार विद्यालयमा ७० थान प्लाष्टिकका कुर्सी हस्तान्तरण गरिएको हो ।

बैंकका गण्डकी प्रदेश कार्यालयका प्रादेशीक प्रबन्धक ऋषिराम ढकाल, पार्दी शाखाका प्रबन्धक रामेश्वर खनालले विद्यालयका प्राध्यानाध्यापक नरनाथ बराललाई कुर्सी हस्तान्तरण गरेका हुन्।  बैंकले वित्तीय साक्षरता तथा संस्थागत सामाजिक उत्तरदायित्व  अन्तर्गत  यही पुष १८ गते विद्यालयमा वित्तीय  संक्षरता कार्यक्रम आयोजना गरेको थियो भने शुक्रबार विद्यालयको सभाहलमा आवश्यक कुर्सी सहयोग गरेको हो ।

समृद्धिसंगै जोडौं नाता, सबै नेपालीको बैंक खाता भन्ने नारासहित बैंकले देशै भरी २ सय ३८ वटै शाखाबाट वित्तीय साक्षरता सहितका सामाजि कार्य गर्ने भएको पार्दी शाखाका प्रबन्धक खनालले जनाए । उनका अनुसार उक्त बैंकको ७७ जिल्लामा शाखा सञ्जाल, सातै प्रदेशमा प्रादेशीक कार्यालय रहेको छ ।

नेपालकै उत्कृष्ट बैंकको रुपमा स्थापित भएको यस बैंकले निक्षेप ग्राहक ३० लाख र कर्जा तर्फ ४ लाख ग्राहक बनाउन सफल भएको बैंकले जनाएको छ । बैंंकको २ सय ५ एटिएम मेसिन र ९५ वटा शाखा रहित बैंक कार्यालय रहेकाछन्-।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button