आफैँलाई गोली हान्दा प्रहरी हबल्दारको मृत्यु

पोखरा न्यूज – २७, पुष । जाजरकोटको  नलगाड नगरपालिका वडा नं ७ स्थित इलाका प्रहरी कार्यालय दल्लीमा कार्यरत प्रहरी हबल्दार भोजबहादुर कठायतको मृत्यु भएको छ ।

बाजुरा जिल्ला घर भई चारमहिनादेखि सो कार्यालयमा कार्यरत ३५ वर्षीय कठायतले आफैलाई कन्चटमा गोली हान्दा आज बिहान मृत्यु भएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।

उनले घटनाका बारेमा छानविन गर्न टोली परिचालन भएको बताए ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. त्यैत भन्या ! त्यस्तो माछेले आत्मा हत्या नगरि आफुलाई आँफैले कन्चट मा गोली हान्न कसरी सकेको होला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button