गण्डकी प्रदेशको नवलपरासीमा फलाम खानी : उत्खननको अन्तिम तयारी

पोखरा न्यूज – २७, पुष ।  गण्डकी प्रदेशको कान्छो जिल्ला नवलपरासीमा भएको फलाम खानीबाट फलाम उत्खननको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ।

आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले परासीको धौवादीमा भेटिएको फलाम खानी उत्खननको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो।

मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा मन्त्रालयको उद्योग विभागका सचिव यामकुमारी खतिवडाले फलामको गुणस्तरको सफल परीक्षण भएको र सञ्चालनको मोडालिटी पनि तयार भइसकेको बताइन्।

फलामको उत्खनन र प्रशोधनका लागि कम्पनी कडा गरिएको उनले बताइन्। ‘गुणस्तरसम्बन्धी विषयको सफल परीक्षण भइसकेको छ। डिपोजिट पर्याप्त मात्रामा छ भन्ने पनि आइसकेको र नमुना परीक्षण पनि सफलताका साथ भइसकेको छु उनले भनिन्, ‘अहिले औद्योगिक परीक्षण चीनमा भइरहेको छ। उत्खनन र प्रशोधनका लागि कम्पनी खाडा गरी सञ्चालनको मोडालिटीमा पनि तयार भएको छ।’

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button