भारतमा रसायन कारखानामा विस्फोट हुँदा ६ को मृत्यु

पोखरा न्यूज – २७, पुष । भारतको मुम्बईस्थित एक रसायन कारखानामा विस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

मुम्बईको तारापुर औद्योगिक क्षेत्रमा भएको विस्फोटले निर्माणाधीन घर भत्किएको छ भने घरमा अरु पनि च्यापिएको जनाइएको छ । विस्फोट भएको अङ्क फार्मा प्राइभेट लिमिटेडले रसायन उत्पादन गर्न ८ दिन अघि मात्र अनुमति पाएको थियो । एमोनियम नाइट्रेट उत्पादन गर्ने रियाक्टरमा विस्फोट भएको त्यहाँका स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।

विस्फोट शनिबार साँझ ७ बजे तिर भएको र विस्फोटका बेला कारखानामा १२ देखि १५ कामदार रहेको पनि जनाइएको छ ।शक्तिशाली विस्फोटको आवाज २५ किलोमिटर टाढासम्म सुनिएको स्थानीयले बताएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button