मेलबर्न स्टार्सको विजय यात्रा जारी, सन्दीपको सन्तोषजनक प्रदर्शन

पोखरा न्यूज – २७, पुष ।  अस्ट्रेलियाको बिग ब्यास लिगमा मेलबर्न स्टार्सले विजय यात्रा जारी राखेको छ । अङ्क तालिकाको दोस्रो स्थानको सिड्नी सिक्सर्सलाई ४४ रनले पराजित गर्दै स्टार्सले आठौं जीत हासिल गरेको छ ।

खेलमा टस जितेर मेलबर्नले ब्याटिङको निर्णय गर्यो । ब्याटिङको निर्णयलाई सही साबित गर्दै स्टार्सका ओपनरले धमाकेदार ब्याटिङ गर्दै पहिलो विकेटका लागि नै कीर्तिमानी २०७ रनको साझेदारी गरे । मेलबर्नका मार्कुस स्टोइनसले प्रतियोगिताको इतिहासकै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर बनाउँदै १४७(७९) रन बनाउँदा अर्का ओपनर हिल्टन कार्टराइटले पनि ५९(४०) रनको योगदान दिए ।

प्रतिउत्तरमा २२० रनको विशाल लक्ष्य सिक्सर्सलाई निकै कठिन सावित भयो । सुरुवात खासै राम्रो नगरेको सिड्नीका लागि विशाल लक्ष्य पछ्याउने क्रममा दुई ब्याट्सम्यानले मात्र उल्लेखनीय योगदान दिन सके । उसका कप्तान मोसेस हेनृक्वेसले ४२(१७) रन बनाउँदा बेन द्वार्हुइसको नाममा ४१ रन रह्यो ।

अन्य ब्याटसम्यानले राम्रो साथ दिन नसक्दा टोली अनन्त २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रनमा सीमीत हुन पुग्यो । स्टार्सका क्लिन्ट हिन्छक्लिफले ३ विकेट लिँदा सन्दीप लामिछानेको नाममा एक विकेट रह्यो । खेलमा शतक प्रहार गरेका मार्कुस स्टोइनस नै म्यान अफ दि म्याच भए ।

यस जीतसँगै मेलबर्न स्टार्सले प्रतियोगिताको अङ्कतालिकाको शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ । स्टार्सले ९ खेलमा ८ जीतका साथ १६ अङ्क जोडेको छ भने दोस्रो स्थानको सिड्नी सिक्सर्स हार पछि १२ अङ्क मै सीमित भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button