काठमाडाैंमा गाेली चल्याे, लामा पक्राउ

काठमाडौं : प्रहरीले काठमाडौंको बौद्धस्थित जम्बुडाँडाबाट गोली प्रहार गरी ज्यान मुद्दाका फहार अभियुक्तलाई पक्राउ गरेको छ। प्रहरीले ज्यान मुद्दाका फरार अभियुक्त विष्णु लामालाई गोली प्रहार गरी पक्राउ गरेको हो। महानगरीय अपराध महाशाखाको टोलीले सिन्धुपाल्चोकका लामालाई गोली हानेर नियन्त्रणमा लिएको हो।

लामाको खुट्टामा एउटा गोली लागेको प्रहरीले जनाएको छ। घाइते लामाको वीर अस्पतालमा उपचार भइरहेको अपराध महाशाखाले जनाएको छ। लामामाथि जोरपाटीमा १५ वर्षीय बालकलाई चिर्पट प्रहार र जोरपाटीस्थित नेपाल मेडिकल नजिकै एकजनालाई खुकुरी हानेर घाइते बनाएको आरोप लागेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button