लभ म्यारिज नै हुन्छ होला : नायिका सुपुष्पा भट्ट

राजाराम पौडेल, पोखरा न्यूज – २८, पुष ।  नायिका सुपुष्पा भट्टको रणविर चलचित्रबाट नेपाली चलचित्रमा डेब्यु भएको हो । आजभन्दा २३ वर्ष अघि नौविसे धादिङमा जन्मिएकी उनी अहिले काठमाण्डौको कंलकीमा बस्छिन् ।

काठमाण्डौको एलआरआई बाट प्रवेशिका परिक्षा उत्रिर्ण भएकी उनले प्लस टुको अध्ययन युनाइटेड एकेडेमीबाट पुरा गरिन् । हाल उनी एकेडेमी अफ कर्मश (एओसी) मा सिए अध्ययनरत छन् । बाल्यकालदेखिनै उनलाई अभिनय तर्फ रुचि थियो । बिहानै उठ्ने बितिकै ऐना हेरेर उनले प्राटिक्स गर्थिन् । स्कुलमा अध्ययन गर्दा नाटक, नृत्यमा समेत उनले सहभागीता जनाउथिन् ।

रणविर चलचित्रमा अडिसन दिएर उनी छानिएकी हुन् । त्यसपछि उनको व्यस्तता बढ्दैछ । काम गर्दै जाँदा उनको अभिनय क्षमता निखारिदै गयो । आगामी दिनमा अझै मेहनत गर्दै अगाडी बढ्ने योजना उनले बनाएकी छन् । यो क्षेत्रमा अगाडी बढ्न उनलाई पारिवारिक सर्पोट छ । ‘पारिवारिक सर्पोट भएकोले अगाडी बढ्न सहज भएको हो’ उनले भनिन् । उनलाई किताब पढ्न मनपर्छ । दाल भात तरकारी मनपराउने कहिलेकाहि किचनमा ममिलाई सघाउँछिन् । उनले सधै आफ्नो लक्की बुद्धलाई साथमा राख्छिन् । लक्की बुद्ध लिन सुरु गरेपछि आफुलाई लक लागिरहेको उनले खुलाइन् ।

५ फिट ८ इन्च उचाई र ६० केजी तौल भएकी उनले विवाहको बारेमा सोचेकी छैनन् । तर भविष्यमा लभ म्यारिज गर्ने इच्छा उनको छ । ‘लभ म्यारिज नै हुन्छ होला, मान्छेलाई बुझेर भएको रिलेसन राम्रो हुन्छ’ हाँस्दै भनिन् ।

उनी बिहान ५ बजे उठ्छिन् । योगा तर्फ उनको रुचि छ । रामदेवको योगा २ कक्षा पढ्दाबाटैनै गर्ने गरेको उनले खुलाईन् । ‘म नियमित योग गर्छु, त्यसैलेत मलाई हत्तपत्त रोग लाग्दैन’ । नियमित रुपमा चलचित्र क्षेत्रमा काम गर्ने योजना उनको छ । उनको परिवारमा ममी, बाबा र भाई छन् । दर्शकको माया प्राप्त भए निरन्तर यसै क्षेत्रमा अघि बढ्ने योजना उनको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button