टाल ज्वालामुखी विस्फोट : १३ हजारलाई सुरक्षित स्थानमा सारियो

पोखरा न्यूज – २८, पुष । फिलिपिन्समा केही दिनयता सक्रिय बनेको टाल ज्वालामुखीले क्रेटर भन्दा एक किलोमिटर माथिसम्म पुग्ने गरि लाभाको फोहोरा छुटाउन थालेसँगै आसपासका १३ हजार स्थानीयलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

फिलिपिन्सको भोल्क्यानोलोजी एन्ड सिस्मोलोगी ईन्स्टिच्युटका अनुसार टाल ज्वालामुखीमा गतिविधिहरु तीव्ररुपमा बढ्न थालेको छ र ज्वालामुखीले अब केही हप्तासम्म लाभा ओकल्नेछ । ज्वालामुखीका कारण मनिला, लुजोन, बतान्गास लगायतका तीन सहरका बासिन्दालाई अन्यत्र सर्न आदेश समेत जारी गरिएको छ । ज्वालामुखी आसपास १४ किलोमिटर क्षेत्र भित्रै साढे चार लाख मानिस बसोबास गर्ने संयुक्त राष्ट्रसंघले बताएको छ ।

ज्वालामुखीबाट निस्केको खरानीले आसपासको क्षेत्र ढाकेको छ भने विद्यालय, सरकारी कारखाना सबै बन्द गरिएको छ । मनिला विमानस्थलबाट पनि ज्वालामुखी सक्रिय भएपछि ५ सय भन्दा उडान रद्द भइसकेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा देखा परेका तस्वीरहरुमा ज्वालामुखीबाट ठूलो मात्रामा लाभा निस्किएसँगै चट्याङ परेको र बिजुली चम्किएको देखिएको छ । ज्वालामुखी पछि सुनामीको चेतावनी पनि जारी गरिएको छ भने कैयौं स-साना भुकम्पका धक्कासमेत महसुस भएको जनाइएको छ ।

प्रशान्त क्षेत्र अन्तर्गतको रिङ्ग अफ फायरमा पर्ने टाल ज्वालामुखीमा ४८ क्रेटर रहेका छन् । टाल ज्वालामुखी सानो भए पनि त्यस क्षेत्रको एक निकै सक्रिय ज्वालामुखी हो जो यसअघि ३४ चोटि विस्फोट भइसकेको छ । ताल भित्रको ज्वालामुखी भित्र रहेको अर्को तालको पनि भित्र रहेको यो ज्वालामुखी निकै जटिल तर पर्यटकीय दृष्टिकोणले निकै आकर्षक मानिन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button