पोखरा न्यूज – २८, पुष । रोजगारीको सिलसिलामा दक्षिण कोरिया पुगेका एक नेपाली युवाको काम गर्ने क्रममै मेसिनरीले थिचिएर मृत्यु भएको छ ।
आइतबार भएको घटनामा तनहुँ घर भएका नर बहादुर रानाको मृत्यु भएको हो । मृतक राना कोरियाको पुर्वी भागको जियोङ्ग्बुक प्रान्तमा विगत ४ वर्ष देखि कार्यारत रहेको जनाइएको छ ।
काम गर्ने क्रममा गर्हुङ्गो फलाम किचिएपछि उनको मृत्यु भएको सोही कम्पनीमा कार्यारत उनका सहकर्मीहरुले जानकारी दिएका छन् ।
आइतबार नै कोरियामा अर्का एक नेपालीले आत्महत्या गरेका थिए । दुवै शव नेपाल ल्याउन कानुनी प्रक्रिया अघि बढाइएको त्यहाँको दूतावासले जनाएको छ ।
AG
तनहुँका नर बहादुर राना
मामा कसरी यो दुर्धटना हुन पुग्यो आजको यो कुरा सुन्दा सारै स्तब्द भयको छु हजुरको आत्मा ले स्वर्गमा पावस हार्दिक श्रद्दाञ्जलि( R.I.P)